1 month ago
February 2, 2025
हिमाल खरेल, बिर्तामोड
भद्रपुर नगरपालिकालाई ७ विकेटले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन बिर्तामोडले दोस्रो संस्करणको बर्खा स्मृति अन्तरपालिका टि ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको भद्रपुरले १ सय २४ रन बनाएको थियो । भद्रपुरको आगि सुमन भट्टराईले सर्वाधिक २८ रनको योगदान गरे पनि अन्य ब्याटरले साथ दिन सकेनन् ।
जवाफी ब्याटिङमा उत्रेको बिर्तामोडले १७.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । बिर्तामोडको लागि अविजित रहेका सिवान्स बजगाईंको ६४ रन र दिपु भुजेलको ४२ रन बनाए । खेलको प्लेयर अफ द म्याच सिवान्स बजगाईं भए । उनले नगद ७ हजार र ट्रफी पाए ।
उपाधिसँगै बिर्तामोडले नगद १ लाख ५० हजार र दोस्रो भद्रपुरले ७५ हजार रुपैयाँ मेडल, ट्रफी, प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी भद्रपुरका अंकित सुवेदी भए । उनले नगद १२ हजार र ट्रफी पाए । उत्कृष्ट ब्याटर गौरादहका सुरज न्यौपाने, बलर मेचीनगरका शिव राजवंशी, फिल्डर दमकका कुशल दंगाल, विकेट किपर बुद्धशान्तिका अर्पण कार्की भए । फेयर फ्ले अवार्ड कचनकवलले प्राप्त गर्यो ।
यसअघि भएको बर्खा इन्डो नेपाल महिला क्रिकेट प्रतियोगितामा भारतको महिला क्रिकेट टिम विजयी भयो । समय अभावमा १२ ओभरमा खेलाइएको खेलमा नेपाली महिला टिमले सामान्य ५२ रन बनाएको थियो ।
अप्सरी बेगमले २६ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । त्यस्तै, ५३ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रेको भारतको टिमले १०.२ ओभरमा लक्ष्य प्राप्त गर्यो ।
भारतका लागि हेप्पी सरकारले २३ रन बनाइन् र खेलाडीले दोहोरो अंक जोडन सकेनन् ।
पहिलो खेल नेपालले जितेको थियो भने दोस्रो खेल भारतले जितेको हो । साथै, रन रेटको आधारमा भारत विजेता बन्दै सम्मानित भएको आयोजक बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिका अध्यक्ष मदन प्रसाईले जानकारी दिए ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]