default_image

2 hours ago

February 1, 2025

टाइगर कप भलिबल – आयोजक पहिलो पटक फाइनलमा

863 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – आयोजक टाइगर ग्रुप न्यु डायमण्ड स्पोर्टस क्लबलाई हराउँदै टाइगर कप भलिबलमा महिला तर्फको फाइनलमा पुगेको छ ।

पोखरा रंगशाला स्थित भलिबल कोर्टमा शनिवार भएको दोस्रो क्वालिफायर खेलमा न्यु डायमण्डलाई पराजित गर्दै टाइगर पहिलो पटक फाइनलमा पुगेको हो । आयोजकले न्यु डायमण्डलाई ३-१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५-१६ ले जितेको टाइगरले दोस्रो सेट १९-२५ ले गुमाएको थियो । त्यसपछिका लगातार दुई सेट जित्दै टाइगरले फाइनलमा स्थान पक्का गर्यो । टाइगरले तेस्रो सेट २५-१५ तथा चौथो सेट २५-२३ ले जितेको हो ।

उपाधिका लागि टाइगरले फाइनलमा विभागीय टोली एपिएफ क्लबसँग खेल्नेछ । एपिएफ पहिलो क्वालिफायरमा टाइगर ग्रुपलाई पराजित गरेर फाइनलमा पुगेको थियो । आजैको दोस्रो खेल पुरुषतर्फको दोस्रो क्वालिफायर हुनेछ ।

पुरुषतर्फ दोस्रो क्वालिफायर खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबिच प्रतिस्पर्धा हुँदैछ। आर्मी पहिलो क्वालिफायरमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । गण्डकीले एलिमिनेटरमा भारतको सुनिल भलिबल क्लबलाई पराजित गरेको थियो ।

दोस्रो क्वालिफायरको विजेताले फाइनलमा विभागीय टोली पुलिसको सामना गर्नेछ । महिला र पुरुषतर्फको फाइनल खेल आइतबार हुनेछ ।

प्रतियोगिताको दुवैतर्फको विजेताले ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ, दोस्रो हुनेलाई २ लाख ८५ हजार ५ सय ५५ र तेस्रो हुनेलाई १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

February 1, 2025

थाइल्याण्डलाई नेपालको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले थाइल्याण्डलाई महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको आफ्नो दोस्रो खेलमा प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । नेपालले थाइल्याण्डलाई १ सय २ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १ रन बनायो । नेपालका लागि कविता […]

February 1, 2025

नेपालले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको आफ्नो दोस्रो खेलमा थाइल्याण्डविरुद्ध नेपालले टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेकी हुन् । नेदरल्याण्ड्ससँग खेलेको नेपाली टोलीमा १ परिवर्तन भएको छ । इश्वरी विष्टको स्थानमा ममता चौधरीलाई मौका दिएको छ । ममता भर्खरै सकिएको महिला प्रधानमन्त्री कपको […]

February 1, 2025

त्रिकोणात्मक सिरिज – नेपाल र थाइल्याण्ड खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको तेस्रो खेलमा आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा दोस्रो खेल खेल्दैछन् । नेपाल पहिलो खेलमा पराजित भएको थियो । थाइल्याण्डले आफ्नो पहिलो खेलमा जित हात पारेको थियो । पहिलो खेलमा नेपाल […]

Success

Thank you for your time.