1 month ago
February 1, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको आफ्नो दोस्रो खेलमा थाइल्याण्डविरुद्ध नेपालले टस जितेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेकी हुन् । नेदरल्याण्ड्ससँग खेलेको नेपाली टोलीमा १ परिवर्तन भएको छ । इश्वरी विष्टको स्थानमा ममता चौधरीलाई मौका दिएको छ ।
ममता भर्खरै सकिएको महिला प्रधानमन्त्री कपको शीर्ष रनकर्ता रहेकी थिइन् ।
नेपालको प्लेइङ-११
इन्दु बर्मा(कप्तान), बिन्दु रावल, सम्झना खड्का, कविता कुवँर, ममता चौधरी, पुजा महतो, रुविना क्षेत्री, कविता जोशी, मनिषा उपाध्याय, अलिसा कुमारी यादव, र सिता राना मगर
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]