1 month ago
February 1, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको तेस्रो खेलमा आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा दोस्रो खेल खेल्दैछन् । नेपाल पहिलो खेलमा पराजित भएको थियो । थाइल्याण्डले आफ्नो पहिलो खेलमा जित हात पारेको थियो ।
पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो । १ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १ सय ३७ रन मात्र जोड्न सकेको थियो ।
थाइल्याण्डले शुक्रवार भएको खेलमा नेदरल्याण्ड्समाथि ८ विकेटको सहज जित हासिल गरेको थियो ।
नेपाल र थाइल्याण्डबिच को ३ वटा टि ट्वान्टी आई खेलमा नेपाल सबैमा पराजित भएको थियो । पछिल्लो पटक सन् २०२३ मा भएको भेटमा नेपाल ४६ रनले पराजित भएको थियो । थाइल्याण्डसँग नेपालले घरेलु भूमिमा पहिलो पटक खेल्दैछ ।
सिरिजमा नेपाली टोलीको बाँकी खेलतालिका
१ फेब्रुअरी (माघ १९ गते) – थाइल्याण्डसँग
२ फेब्रुअरी (माघ २० गते) – नेदरल्याण्ड्ससँग
४ फेब्रुअरी (माघ २२ गते ) – थाइल्याण्डसँग
५ फेब्रुअरी (माघ २३ गते) – नेदरल्याण्ड्ससँग
७ फेब्रुअरी (माघ २५ गते)– थाइल्याण्डसँग
नेपाली महिला टोली
इन्दु बर्मा(कप्तान), बिन्दु रावल, सम्झना खड्का, कविता कुवँर, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनिषा उपाध्याय, अलिसा कुमारी यादव, रेवती धामी, इश्वरी बिष्ट र सिता राना मगर
थाइल्याण्डको टोली
नारुइमोल चाइवाई, नाट्टाया बुचाथम, नाथाकन चान्थम, नान्नापत खोन्चरोएन्क, अफिसारा सुवान्चोनरथी, चानिदा सुत्थीरुआंग, ओनिचा कामचोम्फु, रोसेनी कानोह, सुलेपोर्न लाओमी, थिपचा पुत्थावोंग, सुवानान खियाओतो, फन्नीता माया, सुनिदा चतुरोंगरत्न र नान्नाफाट चैहान
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]