default_image

1 month ago

January 31, 2025

इङग्ल्याण्डविरुद्ध भारतको बलियो योगफल

572 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – पाहुना टोली इङ्ग्ल्याण्डविरुद्ध भारतले चौथो टि ट्वान्टी आईमा बलियो योगफल तयार गरेको छ ।

भारतको पुनेमा जारी खेलमा भारतले इङग्ल्याण्डलाई १ सय ८२ रनको बलियो लक्ष्य दिएको छ । पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसियसनको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८१ रनको बलियो योगफल तयार गर्यो ।

भारतका लागि शिभम दुवे र हार्दिक पाण्ड्याले सर्वाधिक रुपमा समान ५३ रन जोडे । दुवेले ३४ बलमा ७ चौका र २ छक्का प्रहार गरे । पाण्ड्याले ३० बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।

छैठौं विकेटका लागि दुवे र पाण्ड्याले ८७ रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफल सम्म पुर्याए ।दोस्रो ओभरमा १२ रनमा ३ विकेट गुमाएको भारतका लागि रिंकु सिंह र अभिषेक शर्माले ४५ रनको साझेदारी गरेका थिए । सिंह ३० र शर्मा २९ रनमा आउट भए ।

भारतका कप्तान सुर्यकुमार यादव र तिलक बर्मा रनको खाता नखोल्दै आउट भए । ओपनर सञ्जु स्यामसन १ रनमा आउट हुँदा अक्षर पटेल ५ रनमा आउट भए ।

इङ्ग्ल्याण्डका लागि सकिब मोहम्मदले ३, जेमी ओभरटर्नले २ तथा आदिल राशिद र बायडेन कार्सले समान १ विकेट लिए ।

५ खेलको टि ट्वान्टी आई सिरिजमा भारत २-१ ले अघि छ । पहिलो र दोस्रो टि ट्वान्टी आई भारतले जित्दा तेस्रो खेल भने इङ्ग्ल्याण्डले जितेको थियो ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.