1 month ago
January 31, 2025
एजेन्सी – घरेलु भूमि र युएईमा आयोजना हुने च्याम्पियन्स ट्रफीका लागि साविक विजेता पाकिस्तानी टोलीको घोषणा भएको छ ।
पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले शुक्रवार मोहम्मद रिजवानको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
१९ फेब्रुअरी देखि ९ मार्च सम्म आयोजना हुने आइसिसी च्याम्पियन्स ट्रफीको लागि पिसिबीले ११ फेब्रुअरी सम्म टोलीमा कुनै पनि परिवर्तन गर्न सक्नेछ ।
यसै टोलीले च्याम्पियन्स ट्रफी अघि हुने न्युजिल्याण्ड र दक्षिण अफ्रिका सम्मिलित त्रिकोणात्मक ओडिआई सिरिज पनि खेल्नेछ ।
गत वर्षको अन्त्यतिर दक्षिण अफ्रिकामा भएको ओडिआई सिरिजमा रहेका १५ सदस्यीय टोलीमा ४ परिवर्तन गरिएको छ । टोलीमा रहेका अब्दुल्लाह शफिक, मुहम्मद इरफान खान, साईम अयुब र सुफयान मोकिमलाई विश्राम दिइएको छ ।
उनीहरुको स्थानमा फहिम अशरफ, फखर जमान, खुशदिल शाह र साउद शकिललाई टोलीमा समावेश गरिएको छ। पछिल्लो पटक सन् २०१७ मा भएको च्याम्पियन्स ट्रफी पाकिस्तानले जितेको थियो ।
पाकिस्तान च्याम्पियन्स ट्रफीको समूह ‘ए’ मा भारत, बंगलादेश र न्युजिल्याण्ड रहेको छ । पाकिस्तानले १९ फेब्रुअरीमा न्युजिल्याण्डसँग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ । भारतले आफ्ना सबै खेल युएईमा खेल्नेछ ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा पुलिसले मधेशलाई २ सय ८९ रनको लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४९.५ ओभरमा २ सय ८८ रनको योगफलमा समेटियो […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले आर्मीलाई २ सय ३१ रनको लक्ष्य दिएका हुन् । टस जितेर पहिले ब्याटिङ गरेको कोशी ४९.३ ओभरमा २ सय ३० रनको योगफलमा समेटियो । कोशीका […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]