default_image

1 month ago

January 31, 2025

न्यु भिजन र सिएसी विजयी

184 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – क्रिकेट एक्सिलेन्स सेन्टर (सिएसी) र न्यु भिजन क्लबले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा विजयी सुरुवात गरेका छन् ।

मुलपानी क्रिकेट मैदानमा शुक्रवार सिएसीले हिमालयन क्रिकेट एकेडेमी ‘बी’ र न्यु भिजनले नेक्सस क्रिकेट एकेडेमीलाई पराजित गर्यो ।

पहिलो खेलमा सिएसीले हिमालयनविरुद्ध ७६ रनको सहज जित निकाल्यो । १ सय ८३ रनको लक्ष्य पछ्याएको हिमालयनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६ रन मात्रै बनाउन सक्यो ।

हिमालयनका लागि अभिषेक बुढाऐरले नट आउट रहँदै सर्वाधिक ७० रनको योगदान गरे । गणेश मल्ल १७ र केबिन धौलयाल ११ रनमा आउट भए । सिएसीका युगान्त कार्की र रित गौतमले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सिएसीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८२ रनको योगफल तयार पारेको थियो ।

सिएसीका लागि रित गौतमले सर्वाधिक ४१ रन जोडे । विवेक तामाङ ३८ र पृथु बास्कोटा २३ रनमा आउट भए । हिमालयनका आदित्य थापाले २ तथा सुमन विश्वकर्मा र प्रतिक शाहले समान १ विकेट लिए ।

आजको दोस्रो खेलमा न्यु भिजनले नेक्ससविरुद्ध ७ रनको जित निकाल्यो ।

१ सय २९ रनको लक्ष्य पछ्याएको नेक्ससले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २१ रन मात्रै बनाउन सक्यो ।

नेक्ससका अनिलकुमार यादवले सर्वाधिक २७ रन जोडे । मोहम्मद दिलसद आलम १७ र राजेश राउत १५ रनमा आउट भए । न्यु भिजनका जभ्याङ लामा र शार्दुल भट्टले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको न्यु भिजनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २८ रनको योगफल तयार पारेको थियो ।

न्यु भिजनका लागि सार्थक धितालले सर्वाधिक ३९ रन जोडे । बोबिन बोहरा २३ र शार्दुल भट्ट २१ रनमा आउट भए । नेक्ससका निर्जल श्रेष्ठ, निश्चल श्रेष्ठ र अभिजित सुनारले समान १ विकेट लिए ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.