default_image

1 month ago

January 30, 2025

बर्खा स्मृति क्रिकेटः बिर्तामोड र भद्रपुरले फाइनल खेल्ने

272 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

बिर्तामोड नगरपालिका र भद्रपुर नगरपालिका बुद्धशान्तिमा जारी दोस्रो बर्खा स्मृति अन्तरपालिका टि ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेका छन्

आज भएको सेमिफाइनलमा बिर्तामोडले गौरादह नगरपालिकालाई र भद्रपुरले मेचीनगर नगरपालिकालाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन्।

पहिलो सेमिफाइनलमा खेलमा टस जितेर पहिले ब्याटिङको गरेको गौरादहले १ सय ७८ रन बनाएको थियो ।

गौरादहका लागि सुरज न्यौपानेले १ सय ९ रनको शतकीय इनिङ खेलेका थिए । याम तिम्सिनाले २८ रन बनाएका थिए ।

१ सय ८० रनको लक्ष्य पछ्याउने क्रममा बिर्तामोडले १६.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य सजिलै प्राप्त गरेकाे थियाे।

बिर्तामोडलाई जित दिलाउन महत्वपूर्ण ६६ रनको योगदान दिएका सिवान्स बजगाईं खेलको प्लेयर अफ द म्याच भए । उनले नगद ३ हजार, मेडल र ट्रफी पाए ।

गौरादहका लागि प्रतियोगितामा लगातार २ अर्धशतक र आजको खेलमा शतक प्रहार गरेका सुरज न्यौपानेको योगदान जितमा परिणत हुन सकेन ।

त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा मेचीनगरलाई १ सय १६ रनको ठूलो अन्तरले पराजित गर्दै भद्रपुर फाइनल प्रवेश गरेको छ ।

पहिले ब्याटिङ गरेको भद्रपुरले ८ विकेटको क्षतिमा २ सय ६ रन बनाएको थियो । टोलीका अंकित सुवेदीको ४८ र सिद्धार्थ कुमालको ३९ रन बनाएका थिए ।

मेचीनगरका लागि प्रतियोगिताकै पहिलो ह्याट्रिकसँगै एकै ओभरमा जयदेव राजवंशीले ४ विकेट लिए पनि जितका लागि पर्याप्त हुन सकेन ।

२ सय ७ रनको ठुलो लक्ष्य पछ्याएको मेचीनगर नगरपालिका १२.१ ओभरमा अलआउट हुँदै ९० रनमा‌ समेटिएको थियो ।

भद्रपुरलाई शानदार जित दिलाउन ४८ रन बनाउनुका साथै ४ विकेट लिएका अंकित सुवेदी प्लेयर अफ द म्याच भए । उनले नगद ३ हजार, मेडल र ट्रफी पाए ।

प्रतियोगिताको फाइनल शनिवार हुनेछ । साथै, बर्खा इन्डो नेपाल महिला क्रिकेट प्रतियोगिताअन्तर्गत भोलि शुक्रबार पहिलो खेल हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ५० हजार र दोस्रो टोलीले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.