default_image

3 weeks ago

January 30, 2025

नेपालले टस जित्यो

57 views

0 Bookmark

काठमाडौ(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन् ।

घरेलु मैदानमा नेपालले दोस्रो पटक टि ट्वान्टी आई सिरिज खेल्न लागेको हो । यसअघि सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टि ट्वान्टी आई सिरिज खेलेको थियो ।

सिरिजमा नेपाल र नेदरल्याण्ड्सका साथै थाइल्याण्डको सहभागिता छ । महिला टि ट्वान्टी आई वरियतामा नेपाल २०औं, थाइल्याण्ड १३ औं‌ रनेदरल्याण्ड्स १६औं स्थानमा छ ।

सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

नेपाली टिममा अलिसाकुमारी यादव तथा मनिषा उपाध्यायको राष्ट्रिय टिममा डेब्यु भएको छ । मनिषा भर्खरै सकिएको महिला प्रधानमन्त्री कपको शीर्ष विकेटकर्ता रहेकी थिइन् ।

नेपालको प्लेईङ-११

इन्दु बर्मा(कप्तान), बिन्दु रावल, सम्झना खड्का, कविता कुवँर, पुजा महतो, रुविना क्षेत्री, कविता जोशी, मनिषा उपाध्याय, अलिसा कुमारी यादव, इश्वरी बिष्ट र सिता राना मगर

February 19, 2025

च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड खेल्दै

एजेन्सी – पाकिस्तान र युएईमा च्याम्पियन ट्रफी आज सुरु हुँदैछ। पहिलो खेल घरेलु टोली पाकिस्तान र न्युजिल्याण्डबीच हुनेछ । कराँचीस्थित नेसनल स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ। साविक विजेता पाकिस्तान मोहम्मद रिजवानको कप्तानीमा पहिलो पटक आइसिसीको प्रतियोगिता खेल्दैछ । सन् २०१७ मा इङ्ग्ल्यान्डमा भएको पछिल्लो संस्करणमा भारतलाई १ सय ८० रनले […]

February 18, 2025

तीन दशक पछि आइसिसी प्रतियोगिता गर्दै पाकिस्तानमा

एजेन्सी – पाकिस्तानले झन्डै तीन दशक पछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) को प्रतियोगिता आयोजना गर्दै छ । पाकिस्तानले सन् १९९६ मा ओडिआई विश्व कपपछि पहिलो पटक कुनै आइसिसीको प्रतियोगिता आयोजना गर्न लागेको हो । त्यो हो च्याम्पियन्स ट्रफी । साविक विजेता समेत रहेको पाकिस्तानले बुधवार सुरु हुने च्याम्पियन्स ट्रफीको आयोजना गर्न लागेको हो । केहि खेल‌ […]

February 18, 2025

लिग टु – ओमानमाथि अमेरिकाको ऐतिहासिक जित

एजेन्सी – अमेरिकाले ओमानमाथि लिग टुमा ऐतिहासिक जित हासिल गरेको छ । अमेरिकाले मंगलवार सबैभन्दा कम लक्ष्य दिदैं खेल जित्ने कीर्तिमान बनाएको छ । अमेरिकाले ओमानलाई १ सय २३ रनको लक्ष्य दिदैं जित पनि हासिल गरेको हो । यसअघि भारतले पाकिस्तानलाई १ सय २६ रनको लक्ष्य दिदैं जितेको इतिहास रहेको थियो । १ सय २३ […]

Success

Thank you for your time.