1 month ago
January 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगमा च्याम्पियन एपिएफ फुटबल क्लबकी सविता राना मगर सर्वोत्कृष्ट खेलाडी बनेकी छिन्।
साविताले १ लाख रुपैयाँ प्रदान गरियो। लेफ्ट विङ्गबाट खेल्ने सविताले लिग अवधिभर ११ गोल गरिन्। उनको नाममा १३ असिस्ट रहयो।
व्यक्तिगत अवार्डमा एपिएफको बाहुल्यता रह्यो। रश्मिकुमारी घिसिङ सर्वाधिक गोलकर्ता बनिन्। उनले कुल ३५ गोल गरिन्। उनले नगद ५० हजार हात पारिन्।
लिगमा एपिएफकी गोलकिपर सावित्री किसन उत्कृष्ट गोल किपर बनिन्। लिगको समापनमा उनलाई पनि ५० हजार रुपैयाँ प्रदान गरिएको छ। त्रिभुवन आर्मी फुटबल क्लब फेयर टिम बन्यो। आर्मीलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवार नेपाल पुलिस क्लबलाई ४-० ले हराउँदै एपिएफले एन्फा महिला लिगको। उपाधि जितेको हो।
विजेता एपिएफले १० लाख र पुलिसले ५ लाख प्राप्त गरे। लिगमा यो पटक १० टिमको सहभागीता रहेको थियो।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]