1 month ago
January 28, 2025
हिमाल खरेल, बिर्तामोड
बिर्तामोड नगरपालिका र भद्रपुर नगरपालिका
दोस्रो झापा जिल्ला अन्तरपालिका पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।
बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजना जारी प्रतियोगितामा आजको पहिलो खेलमा बिर्तामोड नगरपालिकाले झापा गाउँपालिकालाई १ सय ९८ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
टस जितेर पहिले ब्याटिङको गरेको बिर्तामोड नगरपालिकाले २ सय ५२ रन बनाएको थियो ।
बिर्तामोडका लागि कप्तान समिर कार्कीले ७६ र सुवान्स बजगाईंले ६७ रन बनाएका थिए ।
ठूलो लक्ष्य पछ्याउने क्रममा झापा १३.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५४ ररमा अल आउट भएको थियो।
बिर्तामोडलाई जित दिलाउन ६ विकेट लिएका विजय कार्कीले खेलको प्लेयर अफ द म्याच हुँदै ३ हजार र ट्रफी प्राप्त गरे ।
त्यस्तै, दोस्रो क्वार्टरफाइनल खेलमा भद्रपुरले कनकाई नगरपालिकालाई ५२ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
पहिले ब्याटिङ गरेको १९ ओभरमा सबै विकेट गुमाएर भद्रपुरले २ सय ३३ रन बनाएको थियो । अंकित सुवेदीले ९९ रनको योगदान गरेका थिए ।
२ सय ३४ रनको लक्ष्य पछ्याएको कनकाईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८१ रन मात्रै बनाउन सकेको थियो ।
३ विकेट पनि लिएका भद्रपुरका अंकितले खेलको प्लेयर अफ द म्याच हुँदै ३ हजार रुपैयाँ र ट्रफी पाए ।
प्रतियोगितामा बुधवार पहिलो खेलमा अर्जुनधारा नगरपालिका र गौरादह नगरपालिका भिड्ने छन् । दोस्रो खेल कचनकवल गाउँपालिका र मेचीनगर नगरपालिकाबिच हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार र दोस्रो हुने टोलीले ७५ हजार ट्रफी प्राप्त गर्नेछ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]