1 month ago
January 28, 2025
एजेन्सी – वरुण चक्रवर्तीको ५ विकेट लिएपछि घरेलु टोली भारतविरुद्धको तेस्रो टि ट्वान्टी आईमा इङ्ग्ल्याण्डले मध्यम योगफल तयार गरेको छ ।
जारी खेलमा भारतले इङ्ग्ल्याण्डबाट १ सय ७२ रनको लक्ष्य पाएको छ । भारत ५ खेलको टि ट्वान्टी आई सिरिजमा २-० ले अघि छ ।
भारतको राजकोटमा रहेको सौराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पाहुना टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७१ रन जोड्यो ।
इङ्ग्ल्याण्डका लागि ओपनर बेन डकेटले सर्वाधिक ५१ रन जोडे । उनले २८ बलमा ७ चौका र २ छक्का प्रहार गरे । लियम लिभिङ्स्टोनले २४ बलमा १ चौका र ५ छक्काको सहयोगमा ४३ रन बनाए ।
कप्तान जस बटलर २२ बलमा २४ रनमा आउट हुँदा आदिल राशिद र मार्क वुडले नट आउट १० रन जोडे । इङ्ग्ल्याण्डका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
भारतका लागि वरुणले ४ ओभरमा २४ रन खर्चिएर ५ विकेट लिए । हार्दिक पाण्ड्याले २ , रवि बिष्नोइ र अक्षर पटेलले समान १ विकेट लिए ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]