default_image

1 week ago

January 28, 2025

जय नेपाल कप – दिवानको अलराउण्ड प्रदर्शनमा मध्यपश्चिम च्याम्पियन

820 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – दिवान पुनको अलराउण्ड प्रदर्शनमा मध्यपश्चिम विश्वविद्यालयले जय नेपाल कप टि ट्वान्टी क्रिकेटको उपाधि‌ जितेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलवार भएको फाइनलमा नेपालको मध्यपश्चिमले भारतको लखनउ विश्वविद्यालयलाई ५८ रन हराउँदै उपाधि जित्यो ।

म १ सय ७६ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रन मात्र जोड्यो ।

लखनउका लागि ओपनर ममन कन्डपालले सर्वाधिक ५८ रन जोडे । हर्ष बर्द्धन सिंहले १५ र यश बर्द्धन सिंहले १४ रन बनाए । लखनउका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मध्यपश्चिमका लागि दिवानले ३ राजकुमार साहले २ तथा रविन्द्र जंग शाही, सुवास भण्डारी र दीनेश अधिकारीले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मध्यपश्चिमले दुई ब्याटरको अर्धशतकको सहयोगमा २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रनको योगफल तयार गरेको थियो ।

मध्यपश्चिमका लागि दिवान र विपिन खत्रीले अर्धशतक बनाएका थिए । विपिनले नट आउट रहँदै ५९ रन जोडे । उनले २८ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।

छैठौं विकेटका लागि विपिन र दिवानले १ सय १६ रनको शतकीय साझेदारी गरेका थिए । दिवानले ३६ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५८ रन जोडेका थिए । निश्चल रावल १९ र राजकुमार साह १५ रनमा आउट भएका थिए ।

लखनउका लागि हर्ष बर्द्धन सिंह, ममन कन्डपाल र अभिषेक सोनीले समान १ विकेट लिए ।

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.