1 month ago
January 26, 2025
एजेन्सी – इङ्ग्ल्याण्डविरुद्धको दोस्रो टि ट्वान्टी आईमा भारत विजयी भएको छ ।
भारतले शनिवार इङ्ग्ल्याण्डलाई २ विकेटले हो । भारतले ५ खेलको टि ट्वान्टी आई सिरिजमा २-० को अग्रता बनाएको छ । पहिलो टि ट्वान्टी आईमा भारत ७ विकेटले विजयी भएको थियो ।
१ सय ६६ रनको मध्यम लक्ष्य भारतले १९.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा लितक बर्माले नट आउट रहँदै सर्वाधिक ७२ रन जोडे । उनले ५५ बलमा ४ चौका र ५ छक्का प्रहार गरे ।
वासिंटन सुन्दरले १९ बलमा २६, कप्तान सुर्यकुमार यादव र ओपनर अभिषेक शर्माले समान १२ तथा रवि विष्नोइले नट आउट ९ रन जोडे ।
इङग्ल्याण्डका बाइडेन कार्सले ३ तथा मार्क वुड, आदिल राशिद, जेम्स ओभरटर्न र लियम लिविङ्स्टोनले समान १ विकेट लिए ।
त्यसअघि चेन्नईमा टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ग्ल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।
इङ्ग्ल्याण्डका लागि कप्तान जस बटलरले सर्वाधिक ४५ रन जोडेका थिए । उनले ३० बलमा २ चौका र ३ छक्का प्रहार गरेका थिए । बाइडन कार्सले १७ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३१ रन बनाएका थिए ।
जेमी स्मिथ २२, ह्यारि ब्रुक र लियम लिभिङ्स्टोन समान १३ रनमा आउट भएका थिए । आदिल राशिद १० रनमा आउट हुँदा जोफ्रा आर्चर १२ रनमा नट आउट रहेका थिए ।
भारतका लागि वरुण चक्रवती र अक्षर पटेलले समान २ , हार्दिक पाण्ड्या, अभिषेक शर्मा, अर्शदिप सिंह र वासिंटन सुन्दरले समान १ विकेट लिएका थिए ।
इङ्ग्ल्याण्ड ५ खेलको टि ट्वान्टी आई सिरिज तथा ३ खेलको ओडिआई सिरिजका लागि भारत भ्रमणमा छ । तेस्रो टि ट्वान्टी आई मंगलवार हुनेछ ।
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]
February 26, 2025
एजेन्सी – इब्राहिम जाद्रानको कीर्तिमानी शतक सहयोगमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई बलियो लक्ष्य दिएको छ । जारी खेलमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई ३ सय २६ रनको बलियो लक्ष्य दिएको हो । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २५ रनको बलियो योगफल तयार गर्यो । अफगानिस्तानका […]
February 26, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा अफगानिस्तानले इङ्ग्ल्याण्डविरुद्ध टस जितेको छ । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर अफगानिस्तानका कप्तान हशमतुल्लाह शाहिदीले टस जितेर ब्याटिङ रोजेका हुन् । पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ । अफगानिस्तान पहिलो […]