1 month ago
January 25, 2025
हिमाल खरेल, बिर्तामोड
साविक विजेता बिर्तामोड नगरपालिका र कनकाई नगरपालिका बुद्धशान्तिमा जारी दोस्रो झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
आज भएको पहिलो खेलमा बिर्तामोड नगरपालिकाले कमल गाउँपालिकालाई ८७ रनले पराजित गर्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको बिर्तामोड नगरपालिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो ।
२ सय १५ रनको लक्ष्य पछ्याएको कमल गाउँपालिकाले २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय २७ रनमा सीमित रह्यो । बिर्तामोडका लागि २७ बलमा ५४ रन बनाएका आदर्श सरिया प्लेयर अफ द म्याच घोषित भए ।
त्यस्तै, दोस्रो खेलमा बाह्रदशी गाउँपालिकाविरुद्ध कनकाई नगरपालिकाले ३४ रनले जित दर्ता गरेको छ । पहिले ब्याटिङ गरेको कनकाई नगरपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो ।
१ सय ८३ रनको लक्ष्य पछ्याएको बाह्रदशी गाउँपालिकाले ८ विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्यो ।
कनकाईको जितमा ब्याटिङमा २६ रन बनाउनुका साथै बलिङमा २ विकेट लिएका अनिश न्यौपाने प्लेयर अफ द म्याच घोषित भए ।
प्रतियोगिता आइतवार पहिलो खेल झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाबीच तथा दोस्रो खेल मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिकाबिच हुने आयोजक वर्षा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ७५ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता अध्यक्ष प्रसाईंले बताए ।
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]
February 26, 2025
एजेन्सी – इब्राहिम जाद्रानको कीर्तिमानी शतक सहयोगमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई बलियो लक्ष्य दिएको छ । जारी खेलमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई ३ सय २६ रनको बलियो लक्ष्य दिएको हो । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २५ रनको बलियो योगफल तयार गर्यो । अफगानिस्तानका […]