default_image

2 months ago

January 25, 2025

भारतविरुद्ध इङ्ग्ल्याण्डको मध्यम योगफल

439 views

0 Bookmark

एजेन्सी – भारतविरुद्धको दोस्रो टि ट्वान्टी आईमा ब्याटिङ नचल्दा इङ्ग्ल्याण्ड मध्यम योगफलमा समेटिएको छ ।

भारतमा जारी खेलमा इङ्ग्ल्याण्डले घरेलु टोलीलाई १ सय ६६ रनको मध्यम लक्ष्य दिएको छ । चेन्नईमा टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ग्ल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनायो ।

इङ्ग्ल्याण्डका लागि कप्तान जस बटलरले सर्वाधिक ४५ रन जोडे । उनले ३० बलमा २ चौका र ३ छक्का प्रहार गरे । बाइडन कार्सले १७ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३१ रन बनाए ।

जेमी स्मिथ २२, ह्यारि ब्रुक र लियम लिभिङ्स्टोन समान १३ रनमा आउट भए । आदिल राशिद १० रनमा आउट हुँदा जोफ्रा आर्चर १२ रनमा नट आउट रहे ।

भारतका लागि वरुण चक्रवती र अक्षर पटेलले समान २ , हार्दिक पाण्ड्या, अभिषेक शर्मा, अर्शदिप सिंह र वासिंटन सुन्दरले समान १ विकेट लिए ।

५ खेलको टि ट्वान्टी आई सिरिजमा भारत १-० ले अघि छ । पहिलो टि ट्वान्टी आईमा भारत ७ विकेटले विजयी भएको थियो ।

April 1, 2025

पञ्जाबको लगातार दोस्रो जित

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]

April 1, 2025

पञ्जाबविरुद्ध लखनउको मध्यम लक्ष्य

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]

April 1, 2025

पञ्जाबले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् ।  पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]

Success

Thank you for your time.