default_image

2 months ago

January 25, 2025

कुशलले डडेल्धुराबाट अर्जुन ट्रफी खेल्ने

1526 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले डडेल्धुराको फ्रेन्ड्स क्लबबाट अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

धनगढीको फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा माघ १९ गते हुने उद्घाटन खेलमा फेन्ड्सले डिसिए धनगढी विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

फेन्ड्सले माघ २१ गते वोष्टन क्रिकेट झापासँग र माघ २४ गते घोडाघोडी–११ सुख्खडसँग खेल्नेछ । हालै सम्पन्न जय ट्रफीमा नेपाल पुलिस क्लबलाई च्याम्पियन बनाउन कुशलले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

नेपाल प्रिमियर लिग (एनपिएलमा) कुशलले पोखरा एभेञ्जरका मार्की खेलाडीका‌ साथै कप्तान थिए ।
गो ड्रिमर्सको आयोजनामा यस बर्षदेखि नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताका सबै खेलका टिकटहरु खल्ती एपबाट काट्न सकिने आयोजकले जनाएको छ ।

अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको प्रतियोगितामा झण्डै २० लाख रुपैयाँ पुरस्कार रहेको छ।
रनिङ ट्रफीको रुपमा टि ट्वान्टी २० फर्म्याट प्रतियोगिताको विजेताले १० लाख र दोस्रो टोलीले ले ५ लाख सहित ट्रफी पाउनेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहने छ । सबै टोलीहरुले ए क्याटोगोरीका ४ जना, बी क्याटोगोरीका ५ जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाउनेछन् ।

ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टोली खेलाडी छन्।‌ बी क्याटोगोरीमा नेपाल ए, नेपाली यु १९ टोली र प्रदेश स्तरिय सिनियर खेलाडी छन् । सी क्याटोगोरीमा नेपाल यु १६ टोली, प्रदेशका यु १९ र यु १६ टोलीका खेलाडी र अन्य खेलाडी छन् ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.