2 months ago
January 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली एपिएफ क्लबकी कप्तान इन्दु बर्मा प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।
कैलालीको धनगढीमा शनिवार सम्पन्न फाइनल खेलमा एपिएफ सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै च्याम्पियन बनेको थियो ।
टोलीलाई च्याम्पियन बनाउँन बल र ब्याटबाट महत्वपूर्ण योगदान गरेकी इन्दु प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भएकी हुन् ।
इन्दुले प्रतियोगितामा ब्याटिङतर्फ ५ इनिङमा १ सय ७२ रन जोडेकी थिइन् । उनी २ अर्धशतक सहित प्रतियोगिताको शीर्ष रन कर्ताको सुचीमा दोस्रो स्थानमा रहेकी थिइन् । बलिङतर्फ उनले ६ खेलमा ५ विकेट लिएकी थिइन् । इन्दुले ४ को इकोनोमीमा रन खर्चिएकी थिइन् ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट ब्याटर एपिएफकी ममता चौधरी भइन् । उनले प्रतियोगिताको ६ खेलमा १ अर्धशतक सहित २ सय ९ रन जोडेकी थिइन् ।
प्रतियोगिताको उत्कृष्ट बलर भने बागमती प्रदेशकी मनिषा उपाध्याय भइन् । उनले प्रतियोगिताको ५ खेलमा १ ह्याट्रिक सहित १० विकेट लिएकी थिइन् । कविता जोशी फाइनल खेलको प्लेयर अफ द म्याच भइन् ।
कविताले फाइनल खेलमा ३ विकेट लिएकी थिइन् । फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै एपिएफ च्याम्पियन भएको थियो ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]