2 months ago
January 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन भएको छ ।
कैलाली धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिवार भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको एपिएफले अपराजित रहँदै उपाधि जितेको हो ।
६८ रनको लक्ष्य एपिएफले १२.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । टोली ओपनर ममता चौधरीले नट आउट रहँदै सर्वाधिक ४४ रन जोडिन् ।
दोस्रो विकेटका लागि ममता र कप्तान इन्दु बर्माले ४४ रनको विजयी साझेदारी गरिन् । इन्दु १८ रनमा नट आउट रहँदा राजमती ऐरीले ४ रन बनाइन् ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम प्रदेशले १८.१ ओभरमा अल आउट हुँदै ६७ रन जोड्यो ।
सुदूरपश्चिम प्रदेशका लागि मनिषा बोहाराले सर्वाधिक १८ तथा बिन्दु रावलले १७ रन जोडिन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
एपिएफका लागि कविता जोशीले ३, सबनम राई र कप्तान इन्दुले समान २ विकेट लिए । एपिएफ लगातार दुई संस्करणको विजेता भएको हो ।
गत संस्करणमा कोशी प्रदेशलाई हराउँदै एपिएफ च्याम्पियन भएको थियो । एपिएफ प्रतियाेगिताकाे इतिहासमा भने साताैं पटक च्याम्पियन भएकाे हाे ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]