1 month ago
January 23, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा युथ कप प्रतियोगिता भैरहवामा आयोजना हुने भएको छ ।
आइसिसी यु १९ पुरुष विश्व कप एसिया छनोटको तयारी स्वरुप कपको आयोजना हुन लागेको हो । यसका लागि क्यानले ३६ खेलाडीको प्रारम्भिक टोली तयार गरेको छ । यिनै खेलाडीलाई ३ टिममा विभाजन गरि युथ कप संचालन गरिदै छ ।
भैरहवामा निमार्णाधिन एक्ट्राटेक ओभलमा प्रतियोगिता आयोजना गरिदैछ । क्यानका अनुसार प्रतियोगिताको खेलहरु डबल राउन्ड रोबिनका आधारमा संञ्चालन हुदैछ । यु १९ पुरुष विश्व कपको एसिया छनोट आगामी अप्रिल १२ देखि २१ सम्म नेपालमा आयोजना हुँदैछ ।
५ टोली सहभागी रहने छनोटको शीर्ष स्थानमा रहने टोली विश्व कपमा छनोट हुनेछ । प्रतियोगितामा नेपाल सहित अफगानिस्तान, ओमान, युएई र हङकङको सहभागिता रहनेछ ।
अन्तिम ३६ मा परेका खेलाडीको सुची
१) अभिषेक तिवारी २) दिलसाद अलि ३) सोहेल कुँवर ४) नरेन भट्ट ५) सुर्यान्सु कोइराला ६) रोशन विश्वकर्मा ७) सन्तोष यादव ८) दयानन्द मण्डल ९) अपराजित पौडेल १०) सिब्रिन श्रेष्ठ ११) राजेश बोहरा १२) नीरज कुमार यादव १३) अफ्रुदीन रेन १४) सौजन प्रसाद घिमिरे १५) दीपक सेरला १६) युवराज खत्री १७) आशिस लुहार १८) सचिन भट्ट १९) रुहुल हक २०) चन्दन राम २१) कृतिक कामत २२) विपिन प्रसाद शर्मा २३) प्रतीक पोखरेल २४) साहिल पटेल २५) रोहन साह २६) अरबिन घर्ती २७) रोहित चन्द २८) सुदिप अर्याल २९) दर्श सोनार ३०) क्षितिज थापा मगर ३१) अमर मिश्र ३२) भोपाल दंगाल ३३) अशोक धामी ३४) नितिस पटेल ३५) आसिक राना मगर ३६) नितेश कुमार
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा भारत र पाकिस्तान भिड्दै छन् । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ […]
February 22, 2025
एजेन्सी – जोस इंग्लिसको शतकमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को शनिवार भएको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो । छैठौं संस्करणको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै च्याम्पियन बनेयता अस्ट्रेलियाले कुनै खेल जितेको थिएन । च्याम्पियन्स ट्रफीको […]