default_image

1 month ago

January 23, 2025

महिला त्रिकोणात्मक सिरिजको खेल तालिका परिवर्तन

1197 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा खेल्ने त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको खेल तालिका परिवर्तन भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीवार विज्ञप्ति जारी गर्दै खेल तालिका परिवर्तन भएको जनाएको छ । क्यानले यस अघि जनाए जस्तै सिरिज माघ १७ देखि २५ (जनवरी ३० देखि फेब्रुअरी ७) गते सम्म हुनेछ । तर, सिरिजको खेल हुने दिन भने परिवर्तन गरिएको छ ।

त्रिकोणात्मक सिरिज नेपालका, नेदरल्याण्ड्स र थाइल्याण्डको महिला टोलीको सहभागिता रहनेछ । सिरिजका सबै खेल कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा हुनेछ ।

सिरिजको खेल तालिका अनुसार नेपालको पहिलो खेल उद्घाटनकै दिन नेदरल्याण्ड्ससँग हुनेछ । सिरिजमा सहभागी टोलीले एकअर्कासँग ३ पटक खेल्नेछन् । लिग चरणको अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

नेपाली महिला टोलीले घरेलु मैदानमा खेल्न लागेको यो दोस्रो टि ट्वान्टी आई सिरिज हो । यसअघि नेपालले घरेलु मैदानमा सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टि ट्वान्टी आई सिरिज खेलेको थियो ।

सिरिजमा नेपाली टोलीको खेलतालिका

३० जनवरी (माघ १७ गते) – नेदरल्याण्ड्ससँग
१ जनवरी (माघ १९ गते) – थाइल्याण्डसँग
२ फेब्रुअरी (माघ २० गते) – नेदरल्याण्ड्ससँग
४ फेब्रुअरी (माघ २२ गते ) – थाइल्याण्डसँग
५ फेब्रुअरी (माघ २३ गते) – नेदरल्याण्ड्ससँग
७ फेब्रुअरी (माघ २५ गते)– थाइल्याण्डसँग

February 23, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]

February 23, 2025

च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तान भिड्दै

एजेन्सी – च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा भारत र पाकिस्तान भिड्दै छन् । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ […]

February 22, 2025

इंग्लिसको शतकमा अस्ट्रेलियासँग इङ्ग्ल्याण्डको हार

एजेन्सी – जोस इंग्लिसको शतकमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को शनिवार भएको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो । छैठौं संस्करणको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै च्याम्पियन बनेयता अस्ट्रेलियाले कुनै खेल जितेको थिएन । च्याम्पियन्स ट्रफीको […]

Success

Thank you for your time.