default_image

1 month ago

January 23, 2025

कुशल सम्मिलित डेजर्टको जित

1587 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा अर्को जित हासिल गरेको छ ।

सुरुवाती ४ खेलमा लगातार जित हात पारेको डेजर्ट पाँचौ खेलमा भने पराजित भएको थियो । लिगको आफ्नो छैठौं खेलमा भने डेजर्टले फेरि जित हात पारेको हो ।

डेजर्टले बुधवार भएको खेलमा सारजहा वारियर्सलाई १० विकेटले पराजित गरेको हो । डेजर्टले ६ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् ।

९२ रनको सामान्य लक्ष्य डेजर्टले १० ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । डेजर्टको जितमा ओपनरद्वय नट आउट रहे । फखर जमानले सर्वाधिक ७१ रन जोडे । उनले ३९ बलमा ७ चौका र ४ छक्का प्रहार गरे । एलेक्स हेल्सले २१ बलमा २३ रन बनाए ।

त्यसअघि दुबई क्रिकेट स्टेडियममा टस हारेर सारजहाले ब्याटिङको निम्तो पाएको थियो । सारजहा १९.१ ओभरमा ९१ रनमा अल आउट भएको थियो ।

सारजहाका लागि जेसन रोयले नट आउट रहँदै सर्वाधिक ३० र लुक वल्सले ११ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

कप्तान सिकन्दर राजाले २४, ओपनर बेन डुकले १३ तथा नजिबुल्लाह जाद्रानले १० रन बनाए । डेजर्टका मोहम्मद आमिरले ४, वानिन्दु हसरंगाले ३ तथा साम करनले २ विकेट लिए ।

डेजर्ट ६ खेलमा ५ जित र १ हारका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । सारजहा ५ खेलमा २ जितका साथ पाँचौ स्थानमा छ ।

February 23, 2025

भारतविरुद्ध पाकिस्तानको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]

February 23, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]

February 23, 2025

च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तान भिड्दै

एजेन्सी – च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा भारत र पाकिस्तान भिड्दै छन् । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ […]

Success

Thank you for your time.