1 month ago
January 22, 2025
सुमन अधिकारी, बुटवल
जे आर क्रिकेट क्लब बुटवल भैरहवामा जारी रुपन्देही ‘ए’ डिभिजन सुपरलिग क्रिकेट प्रतियोगितामा बुधवार विजयी भएको छ ।
सन्दीप जोराको अर्धशतकमा जेआरले प्रोफेसनल माष्टर्स-११ लाई ५ विकेटले हरायो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले निर्धारित ३७ ओभरको खेलमा ३० ओभरमा सबै विकेट गुमाएर १ सय १८ रन बनाएको थियो ।
टोलीका ड्रस सुनार र मोहम्मद हुसेनले समान २१, इमरान खानले १७, करण साहनीले १५ र अख्तर हुसेनले १४ रन बनाए ।
जे आरका आषिश भट्टराई र विनय जिसीले समान ३ कुशल भुर्तेल, सागर गिरी, सन्दीप जोरा र विमल भुसालले समान १ विकेट लिए ।
१ सय १९ रनको लक्ष्य पछ्याएको जेआरले २३. ४ ओभरमा सन्दीप जोराको नटआउट ६२ रनसँगै ५ विकेट गुमाएर १ सय २२ रन बनायो।
टोलीका अनमोल थापाले २०, सुलभ चौधरीले नटआउट १४ र कुशलले ११ रन जोडे। प्रोफेसनलका कृष्ण पराजुली र अख्तर हुसेनले समान २ र करण साहनीले १ विकेट लिए। जेआरका खेलमा सन्दीप जोरा प्लेयर अफ द म्याच भए ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता १ लाख १ रुपैयाँ प्राप्त गर्ने छ । बिहीवार वेष्टन क्रिकेट क्लब र एमसिसिबिच खेल हुने प्रतियोगिता संयोजक निरजप्रताप खाँणले जनाएका छन् ।
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा भारत र पाकिस्तान भिड्दै छन् । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ […]