1 month ago
January 22, 2025
धनगढी (हाम्रो खेलकुद)- धनगढीमा अर्को साता सुरु हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाइसी अत्तरियाले ४ जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ ।
गो ड्रिमर्सको आयोजनामा यस बर्षदेखि नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताका लागि भीम सार्की, विवेक यादव, साहब आलम र रसिद खानले सिवाइसी अत्तरियाबाट खेल्ने भएका हुन् ।
हालै सम्पन्न नेपाल प्रिमियर लिगमा भीम, साहव र रसिदले काठमाण्डौं गोर्खाजबाट खेलेका थिए । विवेकले लुम्बीनी लायन्सबाट खेलेका थिए ।
सिवाइसीले ए क्याटोगोरीका ४ जना, बी क्याटोगोरीका ५ गरि ९ जना खेलाडी लाई राखेर टोली निर्माण गरिरहेको छ । बी क्याटोगोरीबाट सिवाईसीले सन्तोष कार्की, तृप्त दास, दिपेश कँडेल, शंकर राना र सन्दीप क्षेत्रीलाई टीमा समावेश गरेको छ ।
सी क्याटोगोरीका खेलाडीहरुको छनोट कार्य भईरहेको र केही दिनमा १४ सदस्यीय टोलीको घोषणा गरिने प्रशिक्षक रजत शाहीले जानकारी दिए ।
स्वर्गीय अर्जुन खड्काको स्मृतिमा माघ १९ गतेदेखि २८ गते (फेब्रअरी१ देखि १०) सम्म आयोजना गर्न लागेको अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ ।
रनिङ ट्रफीको रुपमा टि ट्वान्टी फर्म्याटमा हुने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ सहित ट्रफी पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ ।
लिगकम नकआउटका आधारमा आयोजना हुने प्रतियोगिताका सबै खेल धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् ।
प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा डिसिए धनगढी, सिवाइसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) काठमाण्डौं, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड, न्यु होराईजन बुटवल, दशरथ चन्द एकेडेमी बैतडी र वोष्टन क्रिकेट झापाले प्रतिस्पर्धा गर्नेछन्।
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा भारत र पाकिस्तान भिड्दै छन् । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ […]