2 hours ago
January 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा लगातार तेस्रो हार बेहोरेको छ ।
नेपाल बुधवार अस्ट्रेलियासँग ८३ रनले पराजित भएको हो । समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग पराजित भएसँगै नेपालले विश्व कपमा लगातार तेस्रो हार बेहोरेको हो ।
१ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५६ रन मात्र जोड्न सक्यो । कप्तान पूजा महतोले सर्वाधिक १८ रन जोडिन् । नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अस्ट्रेलियाका लागि जुलिटि मोर्टोन, लिली बासिङ्थवाइट र हसरत गिलले समान २ विकेट लिए ।
त्यसअघि मलेसियास्थित युकेएम क्रिकेट ओभलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो ।
अस्ट्रेलियाका लागि काओइमे ब्रेले सर्वाधिक ४५ रन जोडिन् । उनले ३४ बलमा ३ चौका र ३ छक्का प्रहार गरिन् ।
एक समय १४ रन जोड्दा ३ विकेट गुमाएर खराब सुरुवात गरेको अस्ट्रेलियाका लागि इलनरा लोरास र काओइमे ब्रेले चौथो विकेटका लागि ७२ रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफलमा पुर्याए ।
लोरासले ३९ बलमा ३१ रन बनाइन् । हसरत गिलले २१ बलमा नट आउट ३० रन बनाइन् । नेपालका लागि कप्तान पुजाले ३, सिमाना केसीले २ र रिया शर्माले १ विकेट लिइन् ।
शुक्रवार हुने प्लेअफ खेलमा नेपालले समूह ए को चौथो हुने टोलीसँग खेल्नेछ । बिहीवार मलेसिया र वेस्ट इण्डिजबीचकाे खेलबाट नेपालकाे प्रतिद्वन्दी तय हुनेछ । खेलेका तीनै खेल जितेको अस्ट्रेलिया अपराजित रुपमा सुपर सिक्समा पुगेको छ ।
January 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगमा बुधवार पनि २ खेल भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएका खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब विजयी भएका छन् । दिनको पहिलो खेलमा विभागीय टोली पुलिसले सातदोबाटो युथ क्लबलाई ८-० को फराकिलो अन्तरले पराजित गरेको छ । दोस्रो खेलमा हिमालयन शेर्पाले फ्रेन्ड्स क्लबलाई २-१ गोल […]
January 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी र मधेश प्रदेशबीचको खेल रद्द भएको छ । बुधवार पिएम कपको प्लेअफ खेल खराब मौसमका कारण टस समेत हुन नसकि रद्द भएको हो । समूह बी मा तेस्रो र चौथो स्थानमा रहका यि दुई टिमबीच प्लेअफको खेल हुदै थियो । कोशी समूह बी […]
January 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अस्ट्रेलियाले मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपाललाई विशाल लक्ष्य दिएको छ । अस्ट्रेलियाले नेपाललाई १ सय ४० रनको लक्ष्य दिएको हो । मलेसियास्थित युकेएम क्रिकेट ओभलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रनको योगफल तयार गर्यो । अस्ट्रेलियाका लागि काओइमे ब्रेले […]