default_image

1 month ago

January 22, 2025

महिला पिएम कप – कोशी र मधेशबीचको खेल रद्द

160 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी र मधेश प्रदेशबीचको खेल रद्द भएको छ ।

बुधवार पिएम कपको प्लेअफ खेल खराब मौसमका कारण टस समेत हुन नसकि रद्द भएको हो । समूह बी मा तेस्रो र चौथो स्थानमा रहका यि दुई टिमबीच प्लेअफको खेल हुदै थियो ।

कोशी समूह बी मा तेस्रो र मधेशले तेस्रो स्थानमा रहेका थिए । यस समूहबाट आर्मी समूह विजेता र बागमती प्रदेश समूह उपविजेता बन्दै सुपर फोरमा पुगेको थियो । समूह ए बाट एपिएफ र सुदूरपश्चिम प्रदेश सुपर फोरमा पुगेका छन् ।

सुपर फोरमा समूह ए को टोलीले समूह बी को टोलीसँग खेल्नेछ । सुपर फोरको शीर्ष २ मा रहने टिमले उपाधीका लागि खेल्नेछन् । सुपर फोरका खेलहरु बिहीवारबाट सुरु हुनेछ ।

February 23, 2025

भारतविरुद्ध पाकिस्तानको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]

February 23, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]

February 23, 2025

च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तान भिड्दै

एजेन्सी – च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा भारत र पाकिस्तान भिड्दै छन् । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ […]

Success

Thank you for your time.