1 month ago
January 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अस्ट्रेलियाले मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपाललाई विशाल लक्ष्य दिएको छ ।
अस्ट्रेलियाले नेपाललाई १ सय ४० रनको लक्ष्य दिएको हो । मलेसियास्थित युकेएम क्रिकेट ओभलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रनको योगफल तयार गर्यो ।
अस्ट्रेलियाका लागि काओइमे ब्रेले सर्वाधिक ४५ रन जोडिन् । उनले ३४ बलमा ३ चौका र ३ छक्का प्रहार गरिन् ।
एक समय १४ रन जोड्दा ३ विकेट गुमाएर खराब सुरुवात गरेको अस्ट्रेलियाका लागि इलनरा लोरास र काओइमे ब्रेले चौथो विकेटका लागि ७२ रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफलमा पुर्याए ।
लोरासले ३९ बलमा ३१ रन जोडिन् । हसरत गिलले २१ बलमा नट आउट ३० रन बनाइन् । नेपालका लागि कप्तान पुजा महतोले ३, सिमाना केसीले २ र रिया शर्माले १ विकेट लिइन् ।
नेपाललाई सुपर सिक्समा स्थान बनाउँन यो जितको विकल्प छैन । खेलेका दुवै खेल जितेको अस्ट्रेलिया अपराजित रुपमा सुपर सिक्समा पुग्ने लक्ष्यमा छ ।
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा भारत र पाकिस्तान भिड्दै छन् । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ […]