default_image

8 years ago

February 21, 2017

भारत भ्रमणपछि मात्र क्रिकेट टोलीको अन्तिम छनोट हुने

72 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– यसै महिनाको अन्त्यमा केन्याविरुद्ध हुने आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको लागि खेलाडीको अन्तिम छनोट भारत भ्रमणपछि मात्र हुने भएको छ । भारत भ्रमण जानु तीन दिनअघि बुधबार तीन सदस्यीय खेलाडी छनोट समितिले प्रशिक्षणमा रहेका २४ बाट १९ खेलाडीको नाम तय गरेको छ ।

Nepal Cricket Team vs Oman (5)

पछिल्लो छनोटबाट विक्रम सोब, अमित श्रेष्ठ, दीपेश श्रेष्ठ, कुशल भुर्तेल र सुसान भारी बाहिरिएका छन् । अन्तिम तयारीका लागि शुक्रबार भारत प्रस्थान गर्ने तयारीमा रहेको नेपाली टोलीमा हाल १९ खेलाडी रहेका छन् । १९ मध्ये कप्तान पारस खड्काले भने भारत भ्रमण गर्ने छैनन् । पेटको उपचारपछि पारस अहिले घरमै आराम गरिरहेका छन् ।

भारत भ्रमणपछि अन्तिम १४ र वैकल्पिक ४ खेलाडीको छनोट गरिने नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले जानकारी दिए । भारत भ्रमणबाट फागुन २० मा फर्कने नेपाली टोलीले फागुन २८ र ३० गते केन्याविरुद्ध दुई खेल खेल्नेछ । केन्याविरुद्धको खेलअघि भारत भ्रमण फलदायी हुने मुख्य प्रशिक्षक टमाटाको विश्वास छ ।

‘लामो समयदेखि हामी तयारीमा छौं । तयारी सन्तोषजनक भइरहेको छ’ छनोट समितिका सदस्य समेत रहेका टमाटाले भने, ‘केन्यासँग खेल्नुअघि भारत भ्रमणमा हामी अन्तिम तयारी गर्नेछौं । त्यहाँको प्रदर्शनका आधारमा अन्तिम छनोट हुनेछ ।’ भारत भ्रमणका दौरान ओपनरको तय गर्न सहज हुने टमाटाको विश्वास छ । उनले भने, ‘आरिफ शेख, सुनिल धमला र दीलिप नाथ मध्येबाट ओपनर छान्न छौ ।’

पारस बाहेक भारत भ्रमण गर्नेमा उपकप्तान ज्ञानेन्द्र मल्ल, मोहम्मद आरिफ शेख, दीलिप नाथ, मेहबुब आलम, मोहम्मद आसिफ शेख, सागर पुन, भुवन कार्की र शरद भेषावकर छन् । त्यस्तै अन्य सदस्यमा शक्ति गौचन, अभिनाश खान, सोमपाल कार्की, सुनिल धमला, दीपेन्द्र सिंह ऐरी, बसन्त रेग्मी, राजेश पुलामी मगर, विनोद भण्डारी र सन्दीप लामिछाने छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का प्रतिनिधि भेङ्कटपति राजु, नेपाली टोलीका मुख्य प्रशिक्षक टमाटा र कप्तान पारस सम्मिलित टोलीले खेलाडीको छनोट गरेको थियो । भारतको नोयडामा नेपाली टोलीले तीन वटा अभ्यास खेल खेल्नेछ । मुख्य प्रशिक्षक टामाटाका अनुसार कुन कुन टोलीसँग अभ्यास खेल्न अझै तय हुन बाँकी रहेको बताएका छन् ।

September 21, 2024

विशाल लक्ष्य पछ्याउँदै बंगलादेश

एजेन्सी – शुभमन गिल र रिषभ पन्तको शतक सहयोगमा भारतले बंगलादेशलाई पहिलो टेस्टको विशाल लक्ष्य दिएको छ । दुई टेस्ट सिरिजका लागि बंगलादेश टोली भारत भ्रमणमा छ । चेन्नईमा जारी टेस्टमा भारतले बंगलादेशलाई जितका लागि ५ सय १५ रनको लक्ष्य दिएको छ । दोस्रो इनिङमा भारतले ४ विकेटमा २ सय ८७ रन बनाउँदै इनिङ समाप्तीको […]

September 21, 2024

चापाकोटमा वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने

सुनिल न्यौपाने,स्याङ्जा स्याङ्जाको चापाकोट नगरपालिकामा यसै महिना वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ।  चापाकोट नगरपालिकाको संरक्षण र श्री सामुदायिक बालचेतना सामुदायिक कार्यक्रम चापाकोट १० स्याङ्जाको आयोजनामा प्रतियोगितामा असोज १८ गते सुरु हुने बताइएको छ। प्रतियोगिताका संयोजक सागर पंगेनीले वडा भित्र सदभाव बढाउनुका साथमा क्रिकेट खेलको विकास र खेलप्रति आकर्षक प्रतियोगिता आयोजना गर्न लागेको बताए। चापाकोट ९ सुन्तलीटारस्थित […]

September 21, 2024

दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानलाई एतिहासिक सफलता

एजेन्सी – अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध ओडिआई सिरिजमा एतिहासिक सफलता हासिल गरेको छ । अफगानिस्तानले शुक्रवार दोस्रो ओडिआई १ सय ७७ रनको जित निकालेसँगै एक खेलअघि नै सिरिजमा कब्जा जमाएको छ । पहिलो खेल अफगानिस्तानले ६ विकेटले जितेको थियो । दक्षिण अफ्रिका विरुद्ध अफगानिस्तानको त्यो पहिलो जित थियो । अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध सिरिज जितेको यो पहिलो […]

Success

Thank you for your time.