1 month ago
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेश कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर फोरमा पुगेको छ।
मधेश प्रदेशलाई मंगलवार ७ विकेटले हराउँदै बागमतीले सुपर फोरमा स्थान बनाएको छ । बागमती समूह ‘बी’बाट सुपर फोरमा प्रवेश गर्ने दोस्रो टोली बनेको हो ।
यसअघि आजको पहिलो खेलमा कोशी प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब सुपर फोरमा प्रवेश गरिसकेको छ ।
४१ रनको झिनो लक्ष्य बागमतीले ६.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बागमतीका लागि यशु खड्काले सर्वाधिक १९ रन जोडिन् ।
कप्तान कन्चन श्रेष्ठ ९ रनमा आउट हुँदा विपाशा शाही ८ रनमा नट आउट रहिन् । मधेशका लागि रोजी कडारीले २ विकेट लिइन् ।
त्यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेश १५.५ ओभरमा ४० रनमा समेटियो ।
मधेशका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान सरस्वती कुमारी र साक्षी यादवले सर्वाधिक रुपमा समान ६ रन जोडे ।
बागमतीका लागि कप्तान कन्चनले ४, विपाशा शाहीले २ तथा सोनु खड्का र मनिशा उपाध्यायले समान १ विकेट लिए ।
प्रतियोगितामा २ विभागीय र ७ प्रदेशको टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो ।
समूह ए मा लुम्बिनी , गण्डकी , कर्णाली , एपिएफ क्लब र सुदूरपश्चिम थिए । समूह बी मा कोशी , मधेश , बागमती, त्रिभुवन आर्मी क्लब थिए ।
दुई समूहबाट शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट एपिएफ र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ बाट त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश सुपर फोरमा पुगिसकेका छन् ।
सुपर फोरमा एक समूहको टोलीले अर्को समूहको टोलीसँग खेल्नेछन् ।
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा भारत र पाकिस्तान भिड्दै छन् । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ […]