1 month ago
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पहिलो हार बेहोरेको छ ।
लगातार ४ जित हात पारेको डेजर्टले सोमवार राती भएको खेलमा दुबई क्यापिटल्ससँग ६ विकेटको हार बेहोरेको हो । डेजर्टले ५ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् ।
१ सय ४० रनको लक्ष्य क्यापिटल्सले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । क्यापिटल्सको जितमा गुलबदिन नैबले सर्वाधिक ७८ रन जोडे ।
कप्तान सिकन्दर राजाले २४, ओपनर बेन डुकले १३ तथा नजिबुल्लाह जाद्रानले १० रन बनाए । डेजर्टका कप्तान लकि फगुर्सनले २ र मोहम्मद आमिरले १ विकेट लिए ।
त्यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको डेजर्ट १९.५ ओभरमा १ सय ३९ रनमा समेटिएको थियो ।
डेजर्टका लागि एलेक्स हेल्सले सर्वाधिक ३४ रन जोडे । सरफन रादरफोर्डले २७, डान लरेन्सले २४ तथा फखर जमानले १४ रन बनाए ।
क्यापिटल्सका दुश्मन्था चमिरा र जाहिर खानले समान ३, हैदर अलि, आबेद म्याकोई, सिकन्दर राजा र गुलबदिन नैबले समान १ विकेट लिए ।
डेजर्ट ५ खेलमा ४ जित र १ हारका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । क्यापिटल्स ५ खेलमा २ जितका साथ चौथो स्थानमा रहेको छ ।
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा भारत र पाकिस्तान भिड्दै छन् । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ […]