1 month ago
January 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले महिला प्रधानमन्त्री कपमा सानदार डेब्यु गरेको छ ।
कैलालीमा जारी रहेको महिला पिएम कप राष्ट्रिय टि ट्वान्टी क्रिकेट प्रतियोगितामा विभागिय टोली आर्मीले सानदार सुरुवात गरेको हो ।
प्रतियोगिताको समूह ‘बी’ मा रहेको आर्मीले मधेश प्रदेशमाथि १० विकेटको फराकिलो जित हासिल गरेको हो ।
घरेलु महिला क्रिकेटमा यसै खेलबाट डेब्यु गरेको आर्मीले मधेशले दिएको २६ रनको झिनो लक्ष्य २.५ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो ।
आर्मीको जितमा सम्झना खड्काले सर्वाधिक २२ तथा अञ्जली विश्वकर्माले ४ रन जोडिन् । त्यसअघि धनगढीमा टस जितेर पहिले ब्याटिङ गरेको मधेशले १५.२ ओभरमा अल आउट हुदै २५ रन मात्र जोड्न सक्यो ।
मधेशका लागि भुमी सिंहले १० रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीका लागि आश्मा पुलामी मगरले ह्याट्रिक सहित ३, मनिषा चौधरी र लक्ष्मिी साउदले समान २ तथा सिता शाही र इश्वरी बिष्टले समान १ विकेट लिए ।
आर्मी पहिलो खेलमा जितका साथ समूह ‘बी’ को शीर्ष स्थानमा छ । आजै भएको पहिलो खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई १० रनले पराजित गर्यो ।
बिहानी हुस्कुका कारण खेल १३ ओभरमा छोट्याइएको थियो । कोशीले दिएको ६४ रनको लक्ष्य पछ्याएको बागमतीले १२.१ ओभरमा ५३ रन मात्र जोड्न सक्यो ।
बागमतीका लागि ओपनर सबिका यादवले सर्वाधिक २० तथा विपिशा शाहीले नट आउट १२ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कोशीका लागि ज्योती दनुवार, रुबिना क्षेत्री तथा संगिता राईले समान २ तथा निशा शाहले १ विकेट लिइन् ।
त्यसअघि धनगढीमा रहेको फाप्ला क्रिकेट मैदानमा टस हारेर कोशीले पहिले ब्याटिङ गरेको थियो । विमला मलाहले सर्वाधिक १९ तथा कप्तान रुबिना क्षेत्रीले १५ रन जोडिन् ।
बागमतीका लागि मनिशा उपाध्यायले ह्याट्रिक सहित ४ तथा संस्कृती फुयाल, बिपाशा शाही र पुजा साउदले समान १ विकेट लिइन् ।
पहिलो खेल खेलेको कोशी जित सहित समूह ‘बी’ बी को दोस्रो स्थानमा छ । समूह ‘ए’ बाट एपिएफ र सुदूरपश्चिम प्रदेश सुपर फोरमा पुगिसकेका छन् ।
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]