1 month ago
January 19, 2025
हिमाल खरेल, बिर्तामेड
झापाको बुद्धशान्तिमा रहेको बर्खा स्मृति प्रतिष्ठानले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई खेलमैदान र प्रतियोगिताबारे जानकारी गराएको छ ।
प्रतिष्ठानले आयोजना गर्दै आएको झापाका पालिकाहरुबीचको पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता र खेल मैदानको अवस्थाबारे जानकारी गराएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए ।
चन्द नेतृत्वको क्यानको एक टोलीले बुद्धशान्ति ३ पेट्रोल पम्प पश्चिम रहेको खेल मैदान पुगेर प्रतियोगिता र खेल मैदानलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
बर्खा स्मृति प्रतिष्ठानले खेलाडीको हौसला प्रदान गर्दै खेलाडी उत्पादन गर्न भूमिका निर्वाह गरेकोमा धन्यवाद ज्ञापन गर्दै चन्दले प्रतियोगिता सञ्चालन गर्न चहिने प्राविधिक सहयोगको लागि तयार रहेको बताएका थिए ।
क्यानका पदाधिकारीलाई प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईं, बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, बुद्धशान्ति खेलकुद विकास समिति अध्यक्ष पर्शुराम चेम्जोङलगायतले स्वागत गरेका थिए ।
टोलीमा अध्यक्ष चन्दसहित उपाध्यक्ष रोशन सिंह, केन्द्रीय सदस्य अर्जुन पौडेल, कोशी प्रदेश अध्यक्ष सर्वजीत पाण्डे, सचिव टिकाराम पुरी, सदस्य सुरेश गुरागाईं, मोरङ अध्यक्ष मोहमद साद कुरेसी, झापा अध्यक्ष प्रविन थापालगायत रहेका थिए ।
प्रतिष्ठानले निजीस्तरमा माघ ११ गतेदेखि १९ गतेसम्म दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि २० क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ ।प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ र दोस्रो टोलीले ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्षले प्रसाईंले बताए ।
हरेक खेलको प्लेयर अफ दि म्याचले ३ हजार, सेमिफाइनलको प्लेयर अफ दि म्याचले ५ हजार र फाइनलको प्लेयर अफ दि म्याचले ७ हजार तथा प्लेयर अफ दि सिरिजलाई १३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]