1 month ago
January 19, 2025
एजेन्सी – भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मा ९ वर्ष पछि रणजी ट्रफीमा पुनरागमन गदैछन् ।
जनवरी २३ देखि सुरु हुने रणजी ट्रफीको अर्को चरणको खेलका लागि आफ्नो सहभागिता रहने रोहितले पुष्टि गरेका छन् ।
भारत र अस्ट्रेलियामा पछिल्ला आठ टेस्टमा खराब प्रदर्शन गरेपछि रोहितको फर्ममाथि प्रश्न उठेको छ । बिसिसिआईले केन्द्रीय सम्झौतामा रहेका सबै भारतीय खेलाडीले फिटनेसमा समस्या भएको अवस्था बाहेक घरेलु क्रिकेटमा भाग पर्ने जनाएको छ ।
च्याम्पियन्स ट्रफीको टोली घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा रोहितले अर्को रणजी खेल खेल्ने कि नखेल्ने भन्ने प्रश्नमा भने, ‘म खेल्नेछु।’ रोहितको घरेलु टोली मुम्बईले घरेलु मैदान बिकेसी मैदानमा जम्मू–कश्मीरसँग खेल्नेछ ।
रोहितले अस्ट्रेलियामा ५ मध्ये २ टेस्ट गुमाएका थिए । अन्तिम खेलमा उनले खराब फर्मको कारण बाहिर बसेका थिए । उनले भ्रमणको पाँच इनिङमा केवल १ मात्र दोहोरो अंकको रन बनाएका थिए ।
त्यसअघि रोहितले घरेलु मैदानमा ५ टेस्ट खेलेका थिए । जसमा उनले न्युजिल्यान्डविरुद्ध बेंग्लोरमा भएको खेलमा १ अर्धशतक बनाउन सफल भएका थिए ।
रोहितले हालै वानखेडे स्टेडियममा मुम्बईको रणजी टोलीसँग अभ्यास गरेका थिए । उनले पछिल्लो पटक सन् २०१५–१६ मा रणजी ट्रफी खेलेका थिए । त्यो सिजनको १ खेल खेलेका रोहितले उत्तर प्रदेशविरुद्ध चौथो नम्बरमा ब्याटिङ गर्दै १ सय १३ रन बनाएका थिए ।
कोहली, राहुल रणजीको लागि उपलब्ध नहुने
भारतीय क्रिकेट टिमका पुर्व कप्तान विराट कोहली र केएल राहुलले फिटनेस समस्याका कारण रणजी ट्रफी नखेल्ने भएका छन् । बिसिसिआईका मेडिकल स्टाफको सल्लाहमा दुवैले जनवरी २३ देखि सुरु हुने रणजी ट्रफीको अर्को चरणको खेल नखेल्ने भएका हुन् ।
सिड्नीमा बोर्डर–गावस्कर ट्रफी सकिएको तीन दिनपछि जनवरी ८ मा कोहलीलाई घाँटी दुखेको र इन्जेक्सन दिइएको थियो ।
बिसिसिआईका मेडिकल स्टाफका अनुसार उनी अझै पनि दुखाइको अनुभव गरिरहेका छन् । दुखाईका कारण कोहलीले राजकोटमा सौराष्ट्रविरुद्ध दिल्लीको खेलबाट बाहिरिएका छन् ।
रणजी ट्रफीको अर्को राउन्डमा ऋषभ पन्त दिल्लीबाट, शुभमन गिल पञ्जाबबाट र रविन्द्र जडेजा सौराष्ट्रबाट खेल्नेछन् ।
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]