1 month ago
January 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित गल्फ जायन्ट्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पहिलो जित हासिल गरेको छ ।
गल्फले शनिवार दुवई क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको छ । गल्फले चौथो खेलिसक्दा दीपेन्द्रले भने लिगमा डेब्युको अवसर पाएका छैनन् ।
१ सय ६६ रनको लक्ष्य गल्फले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । गल्फको जितमा प्लेयर अफ द म्याच समेत भएका ग्रेहार्ड एरास्मसले नट आउट रहदै सर्वाधिक ५० रन जोडे । उनले ३४बलमा ६ चौका र १ छक्का प्रहार गरे ।
जोर्डन कक्स २७ रनमा आउट हुँदा शिमरन हिटमायर ४१ रनमा नट आउट रहे । क्यापिटल्सका लागि फरहान खान, स्कट कुगेलेइन, ओबेद म्याकोइ र सिकन्दर राजाले समान १ विकेट लिए ।
त्यसअघि सारजहा क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको क्यापिटल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो ।
क्यापिटल्सका लागि दासुन शनकाले नट आउट रहँदै ३३, कप्तान सिकन्दर राजा र बेन डुकले समान २८ तथा रोभमन पावेलले २५ रन जोडेका थिए ।
गल्फका लागि मार्क अदिर र आयान खानले समान २ तथा वाहिदुल्लाह जाद्रान, ब्लेसिङ मुजरवानी र उजाइर खानले समान १ विकेट लिए ।
शनिवार नै भएकाे कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले लगातार चाैथाे जित हात पारेकाे थियाे ।
जितसँगै गल्फ ३ खेलमा २ अंकका साथ चौथो स्थानमा छ । क्यापिटल्स ४ खेलमा २ अंकका साथ तालिकाको पुछारमा छ ।
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]