1 month ago
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) –लुम्बिनी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ ।
शनिवारको दोस्रो खेलमा लुम्बिनीले कर्णालीलाई ७१ रनले हराएको हो । १ सय २७ रनको लक्ष्य पछ्याएको कर्णाली १३ ओभरको अन्तिम बलमा ५५ रन जोड्दै अल आउट भयो ।
कर्णालीका लागि रमा बुढाथोकीले सर्वाधिक २० रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका लागि सरस्वती पुनले ४ तथा मनिषा राना, आस्ना चौधरी र मधु डिसीले समान १ विकेट लिए ।
त्यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १ सय २६ रन जोडेको थियो ।
लुम्बिनीका लागि ओपनर रञ्जु श्रेष्ठले नट आउट रहँदै सर्वाधिक ५१ रन जोडिन् । लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कर्णालीले अतिरिक्तमा ३९ रन खर्चिएको थियो । कर्णालीका लागि अञ्जु गुरुङले ३, रमा बुढाथोकीले २ तथा दिक्षा पुरी र रश्मी खड्काले समान १ विकेट लिईन् ।
जितसँगै लुम्बिनीले ४ खेलमा ५ अंकका साथ समूह ‘ए’ मा तेस्रो स्थानमा रहँदै प्रतियोगिता सकेको छ । लुम्बिनीले पाँचौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछ। कर्णालीले ४ खेलमा १ अंक जोड्दै समूहको पुछारमा रहेर प्रतियोगिता समाप्त गरेको छ ।
आजै भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै एपिएफ क्लब समूह विजेताका रुपमा सुपर फोरमा पुगेको छ । सुदूरपश्चिम उपविजेताका रुपमा सुपर फोरमा पुगेको छ । योसँगै समूह ‘ए’ का खेल सकिएका छन् । समूह ‘बी’ का खेल आइतवार सुरु हुनेछ।
प्रतियोगितामा २ विभागीय र ७ प्रदेशको टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा लुम्बिनी , गण्डकी , कर्णाली , एपिएफ क्लब र सुदूरपश्चिम छन् । समूह ‘बी’ मा कोशी , मधेश , बागमती त्रिभुवन आर्मी क्लब छन् । दुई समूहबाट शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्ने छन् ।
सुपर फोरमा एक समूहको टोलीले अर्को समूहको टोलीसँग खेल्नेछन् । सुपर फोरमा शीर्ष दुईमा रहने टोलीबिच फाइनल हुनेछ । समूहका तेस्रो स्थानमा रहने टोलीहरुले पाँचौ र छैटौं स्थानका लागि खेल्नेछन् ।
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]