2 months ago
January 18, 2025
एजेन्सी – युएई र पाकिस्तानमा अर्को महिना आयोजना हुने च्याम्पियन्स ट्रफीका लागि भारतीय क्रिकेट टोलीको घोषणा भएको छ ।
भारतीय क्रिकेट बोर्डले शनिवार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानको जिम्मेवारी शुभमन गिललाई दिइएको छ ।
भारतले फेब्रुअरी ६, ९ र १२ मा इंग्ल्यान्डविरुद्ध ओडिआई सिरिज खेल्दैछ । भारत च्याम्पियन्स ट्रफीको समूह ‘ए’ मा रहेको छ । भारतले फेब्रुअरी २० मा बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
दोस्रो खेलमा भारतले फेब्रुअरी २३ मा पाकिस्तानसँग र तेस्रो खेलमा मार्च २ मा न्युजिल्यान्डसँग खेल्नेछ । भारतले प्रतियोगिताका आफ्ना सबै खेल दुबईमा खेल्नेछ ।
च्याम्पियन्स ट्रफी २०२५ का लागि भारतीय टोली
रोहित शर्मा (कप्तान), शुभमन गिल (उपकप्तान), विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, हार्दिक पाण्ड्या, अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद शामी, अर्शदीप सिंह, यशस्वी जैसवाल, ऋषभ पन्त र रवीन्द्र जडेजा ।
March 29, 2025
काठमाडौं(हाम्रो खेलकुद) – हङकङमा आयोजना हुने चार देश सम्मिलित टि ट्वान्टी आई सिरिजको बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाईएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले रोहित पौडेलको कप्तानीमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । हङकङमा आगामी चैत २७ बाट नेपाल, कतार, कुवेत र घरेलु टोली सम्मिलित खेल हुदैछ । क्यानका अनुसार सन्दीप […]
March 29, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा मुम्बई इण्डियन्सले गुजरात टाइटन्सविरुद्ध टस जितेको छ । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा मुम्बईमा कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ रोजेका हुन् । सुरुवाती खेलमा पराजित दुवै टोली आज पहिलो जितको खोजीमा रहेका छन् । आफ्नो पहिलो खेलमा गुजरात पञ्जाब किंग्ससँग र मुम्बई चेन्नई सुपर किंग्ससँग […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशीले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा २ वटा मोटरसाइकल जितेका छन् । शनिवार सकिएको पिएम कपमा पुलिसलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका ललितले २ वटा मोटरसाइकल जितेका हुन् । ललित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर चुनिएका थिए। ललितले पिएम कपको १० खेलमा ४१ […]