2 months ago
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा आइसिसी यु १९ महिला विश्व कप शनिवार सुरु हुँदैछ । विश्व कपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ ।
खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे मलेसियाको बागींमा रहेको युकेएम क्रिकेट ओभलमा सुरु हुनेछ ।
नेपाली महिला टोलीले कुनै पनि समूहमा पहिलो पटक विश्व कप खेल्न लागेको हो । सन् २००७ बाट महिला क्रिकेट सुरुवात गरेको नेपालको यो ग्लोबल इभेन्टमा पहिलो सहभागिता हो ।
नेपाल विश्व कपका लागि कसरी छनोट भयो ?
गत वर्षको नोभेम्बरमा युएईमा विश्व कपका लागि एसियाली छनोट भएको थियो । छनोट प्रतियोगितामा नेपाल सहित ४ देशको सहभागिता रहेको थियो ।
प्रतियोगिता डबल राउन्ड रोबिन लिगका आधारमा भएको थियो । तालिकाको शीर्ष स्थानमा रहँदै नेपाल विश्व कपका लागि छनोट भएको थियो ।
पहिलो खेलमा युएईसँग पराजित नेपालले अन्तिम खेलमा युएईलाई पराजित गर्दै विश्व कपमा स्थान बनाएको थियो ।
विश्व कपमा छनोटसँगै पहिलो पटक आयोजना हुन लागेको यु १९ महिला एसिया कपमा समेत नेपालले सहभागी हुने अवसर पाएको थियो ।
नेपाल र बंगलादेश यु १९ बिचको हेड टु हेड
नेपालले बंगलादेश यु १९ सँग १ पटक खेलेको छ । गत महिना मलेसियामा नै आयोजना भएको यु १९ एसिया कपमा नेपालले बंगलादेश को सामना गरेको थियो ।
नेपाल र बंगलादेश एसिया कपको सुपर फोरमा आमनेसामने भएका थिए । त्यो खेलमा नेपाल ९ विकेटले पराजित भएको थियो ।
नेपालको पहिलो लक्ष्य सुपर सिक्स
मलेसिया प्रस्थान गर्नु अघि आयोजित बिदाइ कार्यक्रममा नेपाली टोलीकी कप्तान तथा मुख्य प्रशिक्षकले नेपाली टोलीको पहिलो लक्ष्य सुपर सिक्स पुग्नु रहेको बताएका थिए।
विश्व कपमा १६ राष्ट्रको सहभागिता
आइसिसी यु १९ महिला विश्व कपमा १६ राष्ट्रको सहभागिता छ । सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता भारत, श्रीलंका, आयोजक मलेसिया र वेस्ट इण्डिज छन् ।
समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका तथा समूह ‘सि’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् । समूह ‘डी’ मा नेपाल सहित स्कटल्यान्ड, बंगलादेश र अस्ट्रेलिया छन् ।
विश्व कपको फर्म्याट यस्तो
प्रत्येक समूहका शीर्ष ३ टोली सुपर सिक्समा प्रवेश गनेछन् । सुपर सिक्समा समान ६ देशको दुई समूह हुनेछ ।
ग्रुप १ मा समूह ‘ए’ र समूह ‘डी’ का शीर्ष ३ देश रहनेछ । त्यस्तै, ग्रुप २ मा समूह ‘बी’ र समूह ‘सी’ का शीर्ष ३ राष्ट्र रहने छन् । सुपर सिक्समा स्थान बनाएमा नेपालले भारत, श्रीलंका तथा वेस्ट इण्डिजसँग खेल्न पाउने सम्भावना रहन्छ।
सुपर सिक्सका दुवै ग्रुपका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । पहिलो संस्करणको आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कप सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना भएको थियो ।
पहिलो संस्करणको फाइनलमा इङ्ग्ल्याण्डलाई ७ विकेटले हराउँदै भारत च्याम्पियन भएको थियो ।
नेपाली महिला यु १९ टिमको समूह चरणको खेलतालिका
पहिलो खेल – जनवरी १८(माघ ५ गते) बंगलादेशसँग
दोस्रो खेल – जनवरी २०(माघ ७ गते) स्कटल्यान्डसँग
तेस्रो खेल – जनवरी २२(माघ ९ गते) अस्ट्रेलियासँग
समूह चरणका तीनै खेल नेपाली समयअनुसार दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।
नेपाली युवा टोली
सोनी पाख्रिन, किरन कुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो (कप्तान), कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत।
March 30, 2025
एजेन्सी – नितिश रानाको आक्रामक अर्धशतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) आज चेन्नई सुपर किङ्स विरुद्ध ९ विकेटको नोक्सानीमा १ सय ८२ रन बनाएको छ । चेन्नईले टस जितेर राजस्थानलाई ब्याटिङका लागि आमन्त्रण गरेको थियो। ओपनर यशस्वी जैसवाल (५ रन) लाई सस्तैमा गुमाएको राजस्थानलाई अर्का ओपनर सन्जु सामसनले र नितिनले दोस्रो विकेटका ८२ रनको […]
March 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला टि ट्वान्टी विश्व कपको एसिया छनोटका लागि २८ खेलाडीलाई प्रारम्भिक टोलीमा समावेश गरिएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले आइतवार बन्द प्रशिक्षणमा सहभागी रहने २८ खेलाडीको नाम घोषणा भएको हो । एसिया छनोट मे मा थाइल्यान्डमा आयोजना हुनेछ । आइसिसी महिला टि ट्वान्टी विश्वकप एसिया छनोटका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट […]
March 30, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सविरुद्ध टस जितेको छ । राजस्थानको घरेलु मैदान गुहावटीमा चेन्नईका कप्तान ऋतुराज गायकवाडले टस जितेर बलिङ रोजेका हुन् । दुवै टोलीले आज तेस्रो खेल खेल्दैछन् । चेन्नई दोस्रो जितको खोजीमा रहेको छ । चेन्नईले पहिलो खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो । तर दोस्रो खेलमा […]