default_image

7 hours ago

January 17, 2025

आइसिसी यु १९ महिला विश्व कप – सुपर सिक्स नेपालको पहिलो लक्ष्य

831 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा आइसिसी यु १९ महिला विश्व कप शनिवार सुरु हुँदैछ । विश्व कपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेश सामना गर्दैछ ।

खेल नेपाली समय अनुसार शनिवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । नेपाली महिला टोलीले कुनै पनि समूहमा पहिलो पटक विश्व कप खेल्न लागेको हो । सन् २००७ बाट महिला क्रिकेट सुरुवात गरेको नेपालको यो ग्लोबल इभेन्टमा पहिलो सहभागिता हो ।

नेपाल विश्व कपका लागि कसरी छनोट भयो ?

गत वर्षको नोभेम्बरमा युएईमा विश्व कपका लागि एसियाली छनोट भएको थियो । छनोट प्रतियोगितामा नेपाल सहित ४ देशको सहभागिता रहेको थियो ।

प्रतियोगिता डबल राउन्ड रोबिन लिगका आधारमा भएको थियो । तालिकाको शीर्ष स्थानमा रहँदै नेपाल विश्व कपका लागि छनोट भएको थियो ।

पहिलो खेलमा युएईसँग पराजित नेपालले अन्तिम खेलमा युएईलाई पराजित गर्दै विश्व कपमा स्थान बनाएको थियो ।

विश्व कपमा छनोटसँगै पहिलो पटक आयोजना हुन लागेको यु १९ महिला एसिया कपमा समेत नेपालले सहभागी हुने अवसर पाएको थियो ।

नेपालको पहिलो लक्ष्य सुपर सिक्स

मलेसिया प्रस्थान गर्नु अघि आयोजित बिदाइ कार्यक्रममा नेपाली टोलीकी कप्तान तथा मुख्य प्रशिक्षकले नेपाली टोलीको पहिलो लक्ष्य दोस्रो चरण रहेको बताएका थिए।

कप्तान पुजा महतो तथा मुख्य प्रशिक्षक महेश रिजालले टोलीको पहिलो लक्ष्य सुपर सिक्स रहेको बताएका थिए ।

विश्व कपमा १६ राष्ट्रको सहभागिता

आइसिसी यु १९ महिला विश्व कपमा १६ राष्ट्रको सहभागिता छ । सहभागी टोली ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता भारत, श्रीलंका, आयोजक मलेसिया र वेस्ट इण्डिज छन् ।

समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका तथा समूह ‘सि’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् । समूह ‘डी’ मा नेपाल सहित स्कटल्यान्ड, बंगलादेश र अस्ट्रेलिया छन् ।

विश्व कपको फर्म्याट यस्तो

प्रत्येक समूहका शीर्ष ३ टोली सुपर सिक्समा प्रवेश गनेछन् । सुपर सिक्समा समान ६ देशको दुई समूह हुनेछ ।

ग्रुप १ मा समूह ‘ए’ र समूह ‘डी’ का शीर्ष ३ देश रहनेछ । त्यस्तै, ग्रुप २ मा समूह ‘बी’ र समूह ‘सी’ का शीर्ष ३ राष्ट्र रहने छन् । सुपर सिक्समा स्थान बनाएमा नेपालले भारत, श्रीलंका तथा वेस्ट इण्डिजसँग खेल्न पाउने सम्भावना रहन्छ।

सुपर सिक्सका दुवै ग्रुपका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । पहिलो संस्करणको आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कप सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना भएको थियो ।

पहिलो संस्करणको फाइनलमा इङ्ग्ल्याण्डलाई ७ विकेटले हराउँदै भारत च्याम्पियन भएको थियो ।

नेपाली महिला यु १९ टिमको समूह चरणको खेलतालिका

पहिलो खेल – जनवरी १८(माघ ५ गते) बंगलादेशसँग
दोस्रो खेल – जनवरी २०(माघ ७ गते) स्कटल्यान्डसँग
तेस्रो खेल – जनवरी २२(माघ ९ गते) अस्ट्रेलियासँग

समूह चरणका तीनै खेल नेपाली समयअनुसार दिउँसो १२ः१५ मा सुरु हुनेछ ।

नेपाली युवा टोली

सोनी पाख्रिन, किरन कुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो (कप्तान), कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत।

January 17, 2025

महिला पिएम कप – लुम्बिनीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । कैलाली धनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रवार भएको दोस्रो खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको हो । जितसँगै लुम्बिनीले सुपर फोरमा पुग्ने झिनो सम्भावना कायमै राखेको छ । तर त्यसका लागि आफूले जितेर मात्र पुग्दैन अरु खेलको […]

January 17, 2025

एन्फा यु १६ लिग – चर्च ब्वाइज र एपिएफको जित

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगमा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेड र एपिएफ क्लब विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको पहिलो खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई ४-१ ले हराएको हो। दोस्रो खेलमा एपिएफले एफसी खुमलटारलाई ३-० ले पराजित गरेको हो ।

January 17, 2025

महिला पिएम कप – सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रवार कर्णाली प्रदेशले दिएको लक्ष्य सुदूरपश्चिमले दोस्रो ओभरको तेस्रो बलमा पूरा गरेको हो । हिजो वर्षाका कारण आउट फिल्डमा पानी जमेका कारण खेल ढिला सुरु भएको थियो । ढिला सुरु भएका कारण […]

Success

Thank you for your time.