1 month ago
January 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा लगातार तेस्रो जित हासिल गरेको छ ।
लगातार तेस्रो जित हात पार्ने क्रममा डेजर्टले बिहीवार भएको खेलमा एमआई इमिरेट्सलाई ५ विकेटले पराजित गरेको छ । डेजर्टले लगातार ३ खेल जित्दा कुशलले भने लिगमा डेब्युको अवसर पाएका छैनन् ।
एमआईले दिएको १ सय ६० रनको लक्ष्य डेजर्टले १९.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । डेजर्टका लागि प्लेयर अफ द म्याच भएका फखर जमानले सर्वाधिक ६७ रन जोडे । एलेक्स हेल्स ३४ तथा साम करण २८ रनमा आउट हुँदा शरफन रादरफोर्ड २१ रनमा नट आउट रहे ।
एमआईका लागि डान मुस्ले र जाहोर खानले समान २ तथा वाकार सलामखेलले १ विकेट लिए । त्यसअघि दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको एमआईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५९ रन जोडेको थियो ।
एमआईका लागि किरन पोलार्डले सर्वाधिक ३६ रन जोडे । कुशल परेरा ३३, मोहम्मद वासिम १८ रनमा आउट हुँदा रोमारियो शेफर्ड १६ रनमा नट आउट रहे । डेजर्टका लागि कप्तान लकि फर्गुसनले २ तथा डान लरेन्स, वानिन्दु हसरंगा र डेविड पाइनीले समान १ विकेट लिए ।
जित पछि डेजर्ट ३ खेलमा अपराजित रहदै अंक तालिकाको शीर्ष स्थानमा छ । पराजित एमआई ३ खेलमा १ जितका साथ तेस्रो स्थानमा छ ।
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]