default_image

1 month ago

January 17, 2025

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट यसै महिना

258 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)- यसै महिना धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

आयोजक गो ड्रिमर्सले माघ १९ गतेदेखि २८ गते सम्म अर्जुन ट्रफी हुने बिहीवार धनगढी क्रिकेट एकेडेमीमा पत्रकार सम्मेलनमार्फत जानकारी गरायो ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । अर्जुन ट्रफीलाई‌ नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो बार्षिक क्यालेण्डरमा समावेश गरेको गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीले जानकारी दिए ।

‘प्रतियोगिताका लागि फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा ४ वटा पिच तयार भइसकेको छ । दर्शकका लागि अस्थायी प्यारापिट जडान गरिएको छ,’ अध्यक्ष शाहीले भने, ‘तयारी ९० प्रतिशत सकिएको छ ।’

धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको अर्जुन ट्रफीमा झण्डै २० लाख रुपैयाँ पुरस्कार राखिएको छ ।

रनिङ ट्रफीको रुपमा टि ट्वान्टी फर्म्याटमा हुने प्रतियोगिताको विजेताले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ ट्रफी पाउनेछ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १ लाख , उत्कृष्ट ब्याटर, बलर र उदीयमान खेलाडी समा ५० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता लिगकम नकआउटका आधारमा हुनेछ ।

प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहनेछ । जसमा डिसिए धनगढी, सिवाइसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) काठमाण्डौं, फ्रेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड, न्यु होराइजन बुटवल, दशरथ चन्द एकेडेमी बैतडी र वोष्टन क्रिकेट झापा छन् ।

सहभागी टोलीमा ‘ए’ क्याटोगोरीका ४ जना, ‘बी’ क्याटोगोरीका ५ जना र बाँकी ‘सी’ क्याटोगोरीका गरी १४ खेलाडी राख्न पाउनेछन् ।

‘ए’ क्याटोगोरीमा नेपाली राष्ट्रिय टोलीका खेलाडी रहेका छन् । ‘बी’ क्याटोगोरीमा नेपाली टोली ‘ए’, यु १९ को राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन् । ‘सी’ क्याटोगोरीमा यु १६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु १९ र यु १६ का खेलाडी र अन्य खेलाडी रहेका छन् ।

गो ड्रिमर्सका अध्यक्ष शाहीको नेतृत्वमा विगतमा धनगढी प्रिमियर लिग (डिपिएल) को आरम्भ गरिएको थियो ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा ट्रफी अनावरण

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलवहादुर शाहले प्रतियोगिताको ट्रफी अनावरण गरे । मुख्यमन्त्री शाहले अर्जुन ट्रफी जस्ता प्रतियोगिताले क्रिकेटको समग्र विकासमा टेवा पुग्ने र क्रिकेटमा लागेकालाई हौसला मिल्ने बताए ।

मुख्यमन्त्री शाहले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै भने, ‘ प्रतियोगिता आयोजना लागि धन्यवाद । प्रदेश सरकार सहयोग समर्थन गर्न सदैव तयार छ ।’

सुदूरपश्चिमको क्रिकेट विकासमा स्वर्गीय अर्जुन खड्काको भूमिकालाई महत्वपूर्ण मानिन्छ । करिव ३० वर्ष क्रिकेटमा बिताएका खड्काको २०७२ मा ४५ वर्षको उमेरमा निधन भएको थियो ।

February 23, 2025

कोहलीको शतकमा भारतको लगातार दोस्रो जित

एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 23, 2025

भारतविरुद्ध पाकिस्तानको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]

February 23, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]

Success

Thank you for your time.