default_image

1 month ago

January 16, 2025

आर्मीलाई हराउँदै पुलिस जय ट्रफी एलिट कप च्याम्पियन

1796 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – दुई स्पिनर सागर ढकाल र ललितनारायण राजवंशी चम्केपछि नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ।

विभागीय फाइनल डर्बीमा बिहीवार त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै पुलिसले उपाधि जितेको हो।

वीरगंजमा तेस्रो तथा अन्तिम दिन १ सय ३ रनको मध्यम लक्ष्य पछ्याएको आर्मी दोस्रो इनिङमा २९.२ ओभरमा ७४ रन बनाउँदै अल आउट भयो ।

पुलिसका दुई स्पिनर सागर र ललितले आर्मी टोलीलाई अलआउट गरे। सागरले ६ र ललितले ४ विकेट लिए।

प्लेयर अफ दि म्याच भएका सागरले १४.२ ओभरमा १ मेडनसहित ३५ रन खर्चे। ललितले १५ ओभरमा २ मेडन राख्दै ३९ रन दिए ।

आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन जोडे । कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ रन बनाए । आर्मीका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

दोस्रो इनिङमा पुलिसले १ सय ३९ रनमा अलआउट भएपछि आर्मीले १ सय ३ रनको लक्ष्य पाएको थियो। ९ विकेटको क्षतिमा १ सय ३२ रनबाट पुलिस ले तेस्रो दिनको खेल सुरु गरेको हो ।

७ रन जोड्दा अन्तिम विकेट गुमाएपछि दोस्रो इनिङमा पुलिसले १ सय २ रनको अग्रता बनायो । अन्तिम विकेटका रुपमा बसिर अहमदले ललितलाई आउट गरे। सागर ढकाल ६ रनमा नटआउट रहे ।

पुलिसका लागि ओपनर कुशल भुर्तेलले ४५ , दीलिप नाथ ३४, राशिद खान १८, अर्का ओपनर अमित श्रेष्ठले १३ रन बनाएका थिए । पुलिसका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीका बसिर र साहब आलमले समान ५ विकेट लिए ।

पहिलो इनिङमा पुलिसले ९ विकेटको क्षतिमा १ स सय ३३ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो भने आर्मीले १ सय ७० रन बनाएको थियो।

आर्मीका लागि पहिलो इनिङमा भीम सार्कीले सर्वाधिक ५८ रन जोडेका थिए। उनले ५५ बलमा ६ चौका र ३ छक्का प्रहार गरेका थिए। बसिरले ४०, सोमपालले ३२ र कप्तान विनोदले १४ रन बनाए।

पुलिसका लागि सागरले पहिलो इनिङमा पनि ५ विकेट लिएका थिए। कुशल भुर्तेलले ३ तथा ललित र गुलशन झाले समान १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले पहिलो इनिङमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो ।

पुलिसका लागि ओपनर कुशलले सर्वाधिक ५१ रन बनाएका थिए। अर्जुन साउदले २८, अमितले २० र राशिदले १० रन बनाएका ।

आर्मीका साहब आलमले ७, सोमपाल र बसिर अहमदले समान १ विकेट लिएका थिए ।

पहिलो संस्करण एलिट कप यस प्रतियोगितामा पिएम कप पुरुष क्रिकेटका शीर्ष ४ टोली(नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मधेश प्रदेश र बागमती प्रदेश) को सहभागिता थियो ।

राउन्ड रोबिन लिग पछि शीर्ष दुई टोलीले फाइनल खेलेका हुन् । लिग दुई दिवसीय र फाइनल तीन दिवसीय फर्म्याटमा भएको हो।

February 23, 2025

कोहलीको शतकमा भारतको लगातार दोस्रो जित

एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 23, 2025

भारतविरुद्ध पाकिस्तानको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]

February 23, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]

Success

Thank you for your time.