default_image

1 month ago

January 15, 2025

एलिट कप फाइनल – आर्मीविरुद्ध पुलिसको सामान्य अग्रता

700 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ।

वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ ।

पुलिसका लागि कुशल भुर्तेलले ४५ रन जोडे । पहिलो विकेटका लागि ओपनर कुशल र अमित श्रेष्ठले ५१ रनको साझेदारी गर्दै फराकिलो अग्रताको संकेत गरेका थिए । अमित १३ रन जोडे । दीलिप नाथ ३४ तथा राशिद खान १८ रन बनाए ।

पुलिसका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । पुलिसका लागि सागर ढकाल र ललितनारायण राजवंशी क्रिजमा छन् ।

दोस्रो दिन ब्याटिङ गरेको आर्मीले पहिलो इनिङमा १ सय ७० रन बनाउँद ३७ रनको सामान्य अग्रता लिएको थियो ।

आर्मीका लागि भीम सार्कीले सर्वाधिक ५८ रन जोडे । उनले ५५ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । बसिर अहमद ४०, सोमपाल कामी ३२ तथा कप्तान विनोद भण्डारी १४ रन बनाए।

पुलिसका लागि सागर ढकालले १५.५ ओभरमा ७८ रन खर्चिएर ५ विकेट लिए । कुशल भुर्तेलले ३ तथा ललित र गुलशन झाले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ९ विकेट गुमाएर १ सय ३३ रन जोडेको अवस्थामा इनिङ समाप्तिको घोषणा गर्यो । २ विकेटको क्षतिमा ८५ रनबाट पुलिसले दोस्रो दिनको खेल सुरु गरेको हो।

पुलिसका लागि ओपनर कुशलले सर्वाधिक ५१ रन जोडे । उनले ५६ बलमा ६ चौका प्रहार गरे । अर्जुन साउद २८, अमित २० र राशिद १० रन बनाए ।

आर्मीका साहब आलमले १२.४ ओभरमा ३७ रन खर्चिएर ७ विकेट लिए । सोमपाल र बसिर अहमदले समान १ विकेट लिए ।

February 23, 2025

कोहलीको शतकमा भारतको लगातार दोस्रो जित

एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 23, 2025

भारतविरुद्ध पाकिस्तानको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]

February 23, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]

Success

Thank you for your time.