default_image

1 month ago

January 15, 2025

कविताको अर्धशतकमा सुदूरपश्चिमको जित

363 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा बुधवार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ ।

दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो खेलमा पराजित भएको छ ।

१ सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमा ५२ रन जोड्दै अल आउट भयो । लुम्बिनीकी सरस्वती पुनले सर्वाधिक १४ रन बनाइन् । कप्तान सरस्वती जिएमले १२ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि रेवती धामीले ३, आशिका महराले २ तथा करिष्मा थापा, जानकी थापा, ऋतु कनौजीया र कविता कुँवरले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १ सय २७ रनको योगफल तयार गरेको थियो । सुदूरपश्चिमका लागि कविताले सर्वाधिक ५५ रन जोडिन् । उनले ३३ बलमा ८ चौका प्रहार गरिन् ।

ओपनर मनिषा बोहोरा २३ र ऋतु कनौजिया १८ रन बनाइन् । लुम्बिनीका लागि सरस्वती पुनले ३ तथा सम्झना मगर र मधु डिसीले समान १ विकेट लिए ।

एपिएफसँगै सुदूरपश्चिमको ४ अंक भएको छ । आजको पहिलो खेलमा एपिएफले गण्डकी प्रदेशलाई‌ ८ विकेटले‌ हराएको थियो।

February 23, 2025

कोहलीको शतकमा भारतको लगातार दोस्रो जित

एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 23, 2025

भारतविरुद्ध पाकिस्तानको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]

February 23, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]

Success

Thank you for your time.