3 months ago
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जय ट्रफी पुरुष एलिट कपको फाइनलको पहिलो दिन मंगलवार खराब मौसमको कारण १७ ओभरको खेल मात्र सम्भव भएको छ।
वीरगंजमा मौसमले प्रभाव पारेको खेलमा नेपाल पुलिस क्लबले १७ ओभरमा २ विकेट गुमाएर ८५ रन बनायो। उसका लागि कुशल भुर्तेलले पहिलो दिन अविजित अर्धशतकीय पारी खेले।
मौसमको लारण टस ढिला भयो। टस जितेको त्रिभुवन आर्मी क्लबले फिल्डिङ रोज्यो। पहिलो सेसन सम्म खेल सुरु हुन सकेन भने टी ब्रेकमा १२ ओभरको समाप्तिमा पुलिसले एक विकेटको क्षतिमा ६५ रन बनायो।
पहिलो इनिङसको पहिलो बलमै ओपनर दीलिप नाथलाई सोमपाल कामीले पबिलियन फर्काएपछि कुशल भुर्तेल र अमित श्रेष्ठले दोस्रो विकेटका लागि ६५ रनको साझेदारी गरे।
२० रनमा अमित साहब आलमको बलमा आकाश चन्दद्वारा क्याच आउट भए। यसपछि पुलिसका कुशल र अर्जुन साउदले तेस्रो विकेटका लागि २० रन जोडेपछि पहिलो दिनको खेल सकियो।
कुशल ५१ बलमा ५० रन जोड्दै अविजित छन्। उनले पहिलो दिन ६ चौका प्रहार गरे। अर्जुनले १३ बलको सामना गरेपनि रनको खाता खोलेका छैनन्।
पुलिस लिग चरणमा पहिलो र आर्मी दोस्रो हुँदै फाइनल पुगेका थिए। ४ टोली सम्मिलित लिग दुई दिवसीय फरम्याटमा खेलाइएको थियो । फाइनल तीन दिवसीय हुनेछ। गत संस्करणको प्रधानमन्त्री कपको उत्कृष्ट ४ टोलीले यो प्रतियोगिता खेलका हुन्।
नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व अध्यक्ष जय कुमार नाथ शाहको स्मृतिमा पहिलो पटक यो प्रतियोगिता आयोजना गरेको हो।
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]
April 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् । पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]