3 months ago
January 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा सन्दीप लामिछानेसहिय ७ खेलाडी विक्री भएनन् ।
लाहोरमा सोमवार भएको अक्सनमा कुनै पनि नेपाली खेलाडीलाई लिन टोलीहरुले चासो देखाएनन् ।
सन्दीपले डायमन्ड तथा आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा र सोमपाल कामी सिल्भर क्याटागोरीमा समावेश थिए।
गत संस्करणमा पनि नेपाली खेलाडीलाई पिएसएलका कुनै पनि टोलीले बोली लगाएका थिएनन् । हालसम्म पिएसएल खेल्ने सन्दीप एक मात्र नेपाली हुन् ।
पिएसएलको दशौं संस्करण अप्रिल १० मा सुरु हुनेछ । अघिल्ला संस्करणमा जस्तै यस पटक पनि ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]
April 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् । पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]