3 months ago
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – महिला यु १९ महिला टि ट्वान्टी विश्व कप खेल्ने तयारीमा रहेका दुई टोलीबिको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको छ।
मलेसिया स्थित कोलेज ट्रएन्कु जाफार मैदानमा सोमवार १ सय १० रनको लक्ष्य पछ्याएको नेपालले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय रन मात्र बनाउन सक्यो।
सिमाना केसीले टोलीका लागि सर्वाधिक २३ रन बनाइन् ।र किरण कुँवर र कप्तान पुजा महतोले समान १८ रन जोडे ।
५४ रनमा ६ विकेट गुमाएको नेपालका लागि किरण र सिमानाले ३० रनको साझेदारी गरेका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेकल वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो।
वेस्ट इन्डिजकी कप्तान समरा रमनाथले सर्वाधिक २५ रन बनाइन्। ३३ बल खेलेकी उनले २ चौका प्रहार गरिन्। ओपनर असाबी क्यालेन्डर २३ जोडिन् । नेपालका लागि रचनाकुमारी चौधरी र सिमना केसीले विकेट लिए ।
नेपालले दोस्रो अभ्यास खेल जनवरी १५ मा अमेरिकासँग खेल्नेछ । मलेसियामा जनवरी १८ देखि फेब्रुअरी २ सम्म विश्वकपको नेपाल समूह डीमा छ।
बंगालादेशसँग जनवरी १८ मा खेल्दै नेपालले विश्व कपको यात्रा सुरु गर्नेछ। त्यसपछि नेपालले जनवरी २० मा स्कटल्याण्ड र जनवरी २३ मा अस्ट्रेलियासँग खेल्नेछ । महिलाको कुनै पनि स्तरमा नेपालले विश्व कप खेल्न लागेको यो पहिलो पटक हो।
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]
April 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् । पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]