default_image

2 hours ago

January 13, 2025

दीपेन्द्र र कुशलले पहिलो खेलमा मौका पाएनन्

706 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय लिग(आईएल) टि ट्वान्टीको पहिलो खेलमा मौका पाएनन् ।

दुवै टोलीको आइतवार पहिलो खेल थियो । दीपेन्द्र र कुशलले प्लेईङ-११ मा मौका पाएनन् । कुशल आबद्ध डेजर्ट भाईपर्सले अबुधावी नाइट राइडर्सलाई पराजित गरेको थियो । डेजर्टले नाइटराईडर्सलाई ७ विकेटले पराजित गरेको थियो ।

अर्का नेपाली अलराउण्डर दीपेन्द्र आबद्ध गल्फ जाइट्स सारजहाँ वारियर्ससँग पराजित भएको थियो । गल्फ वारियर्ससँग ३ विकेटले पराजित भएको थियो ।

दीपेन्द्र सम्मिलित गल्फ र कुशल आबद्ध डेजर्टबीच मंगलवार खेल छ ।

January 13, 2025

च्याम्पियन्स ट्रफीका लागि अफगानिस्तानको टोली घोषणा

एजेन्सी – पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) मा अर्को महिना हुने च्याम्पियन्स ट्रफीका लागि अफगानिस्तान क्रिकेट टोलीको घोषणा भएको छ । अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले आइतवार हशमतुल्लाह साहिदीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । एकदिवसीय टोलीमा ओपनर इब्राहिम जादरानले पुनरागमन गरेका छन् । अफगानिस्तानको च्याम्पियन्स ट्रफीमा अफगानिस्तान पहिलो पटक सहभागी हुँदैछ […]

January 12, 2025

शकिब, लिटनबिना बंगलादेशको च्याम्पियन्स ट्रफी टोली घोषणा

एजेन्सी – शकिब अल हसन र लिटन दासबिना बंगलादेशले च्याम्पियन्स ट्रफीका लागि टोली घोषणा गरेको छ । बंगलादेश क्रिकेट बोर्डले आइतवार नजमल हसन शान्तोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । भारतमा सन् २०२३ मा भएको एकदिवसीय विश्वकपमा विकेटकिपर ब्याट्सम्यानका रुपमा टोलीमा रहेका लिटन यस पटक टोलीमा अटाएनन् । लिटनले पछिल्ला १३ इनिङमा अर्धशतक […]

January 12, 2025

जाधवले बनाइन् ५० ओभरको खेलमा ३ सय ४६ रन !

एजेन्सी – भारतकी १४ वर्षीया इरा जाधवले १ सय ५७ बलमा अविजित ३ सय ४६ रन बनाएकी छिन् । भारतमा जारी महिला यू–१९ एकदिवसीय ट्रफीमा मुम्बईबाट खेलेकी जाधवले मेघालयविरुद्ध नट आउट ३ सय ४६ रन बनाएकी हुन् । मुम्बईले मेघालयविरुद्ध ३ विकेटको क्षतिमा ५ सय ६३ रन बनाएको थियाे । जाधव ४२ चौका र १६ […]

Success

Thank you for your time.