1 month ago
January 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले लिग चरणको अन्तिम खेलमा आइतवार बागमती प्रदेशलाई पराजित गर्दै जय ट्रफी मेन्स एलिट कपको फाइनलमा पुगेको छ ।
एलिट कपको फाइनलमा पुग्ने पुलिस दोस्रो टोली बनेको छ । यसअघि आजै मधेश प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले फाइनल पुगेको थियो ।
लिग चरणको अन्तिम खेलमा पुलिसले बागमती प्रदेशविरुद्ध ५ विकेटको जित हासिल गर्यो । १ सय १६ रनको लक्ष्य पुलिसले ५ विकेट गुमाएर पूरा गर्यो ।
पुलिसको जितमा शंकर रानाले सर्वाधिक ५६ रन जोडे । उनले ४५ बलमा ९ चौका प्रहार गरे । कप्तान कुशल भुर्तेल ३२ रनमा आउट हुँदा अर्जुन साउद २० रनमा नट आउट रहे ।
बागमतीका लागि कप्तान सन्दीप लामिछानेले २ तथा नन्दन यादव, प्रतिस जिशी र सुर्य तामाङले समान १ विकेट लिए । पहिलो इनिङ्समा १ सय ३ रनको पछि परेको बागमतीले दोस्रो इनिङमा २ सय १८ रन जोडेको थियो ।
दोस्रो इनिङमा बागमतीले १ सय १५ रनको अग्रता लिएको थियो । बागमतीका लागि शुभ कसांकारले सर्वाधिक ७० रन जोडे । उनले ७४ बलमा १२ चौका र १ छक्का प्रहार गरे । इशान पाण्डे ५२, कप्तान सन्दीप र सूर्य तामाङ समान १६ तथा उत्तम थापा मगर १४ रनमा आउट भए ।
पुलिसका लागि ललितनारायण राजवंशीले ३, श्रवण यादवले २ तथा प्रेम तामाङ, कुशल भुर्तेल, राशिद खाना र गुलशन झाले समान १ विकेट लिए ।
त्यसअघि जनकपुरमा टस हारेर ब्याटिङको निम्ता पाएको बागमती ३३.२ ओभरमा १ सय १२ रनमा अल आउट भयो ।
बागमतीका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ७१ रन जोडे । उनले ९४ बलमा १० चौका प्रहार गरे । इशान ब्याटमा लागेर विकेट तर्फ जाँदै गरेको बल रोक्ने प्रयास गर्दा आउट भए । प्रतिक श्रेष्ठले १२ रन जोड्नु बाहेक बागमतीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पुलिसका लागि श्रवण यादवले ह्याट्रिक सहित ३ विकेट लिए । श्रवणले लिएको ह्याट्रिक प्रतियोगिताकै पहिलो हुन पुग्यो । उनले २७औं ओभरमा प्रतिक श्रेष्ठ, सुर्य तामाङ र सन्दीप लामिछानेलाई आउट गराएका थिए । ललितनारायण राजवंशीले ३ तथा कुशल भुर्तेलले २ विकेट लिए ।
पुलिसले पहिलो इनिङ्समा ४५.५ ओभरमा २ सय १५ रन जोडेको थियो । पुलिसका लागि अमितले सर्वाधिक ७९ रन जोडे । उनले ९७ बलमा १० चौका र २ छक्का प्रहार गरे । अमितले चौथो विकेटका लागि अर्जुनसँग मिलेर १ सय ४८ रनको शतकीय साझेदारी गरे ।
अर्जुनले ८२ बलमा ८ चौका र २ छक्काको सहयोगमा ७७ रन बनाए । गुलशन झाले १७ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । बागमतीका लागि कप्तान सन्दीपले ४, नन्दन यादव र प्रतिस जिसीले समान २ तथा रिजन ढकालले १ विकेट लिए ।
२ मा जित र १ मा बराबरी सहित पुलिस ६६ अंकका साथ शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो । २ मा बराबरी र १ मा जितका साथ ५५ अंक जोडेको आर्मी दोस्रो स्थानमा रहेर उपाधि नजिक पुगेको हो ।
प्रतियोगिताको फाइनल मंगलवार सुरु हुनेछ । फाइनल तीन दिवसीय हुनेछ ।
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]