1 month ago
January 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब मधेश प्रदेशलाई हराउँदै जय ट्रफी मेन्स एलिट कपको फाइनल प्रवेश गरेको छ ।
पाँचौ खेलमा आइतवार आर्मीले मधेशलाई ८ विकेटले पराजित गरेको हो । दोस्रो इनिङमा २८ रनको झिनो लक्ष्य आर्मीले २ विकेट गुमाएर पूरा गर्यो ।
पहिलो इनिङमा आर्मी भन्दा १ सय रनले पछि परेसँगै मधेश फलोअनमा परेको थियो । मधेश पहिलो इनिङमा १ सय २३ रनले पछि पर्दै फलोअनमा परेको थियो ।
फलोअनमा परेर लगत्तै दोस्रो इनिङको ब्याटिङ गरेको मधेशले १ सय ५० रनमा सबै विकेट गुमाएको थियो । मधेशले दोस्रो इनिङमा आर्मीसँग २७ रनको अग्रता लिएको थियो । त्यसपछि २८ रनको लक्ष्य आर्मीले २ विकेट गुमाएर पूरा गर्यो ।
तृत राज दासले १३, इमरान शेखले नटआउट ८ र बसिर अहमदले नट आउट ४ रन जोडे । मधेशका लागि प्रदिप पासवानले २ विकेट नै आफ्नो नाम गरे ।
दोस्रो इनिङमा मधेशका लागि मयन यादवले सर्वाधिक ४९ रन जोडे । कप्तान हरिशंकर शाह २५, अभिषेक तिवारी १९, निरज यादव १७ तथा हिमाशुं दत्त ११ रनमा आउट भए ।
आर्मीका लागि बसिर अहमदले ४, साहब आलमले ३ तथा आकाश चन्दले २ विकेट लिए ।
त्यसअघि शनिवार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ५९.३ ओभरमा २ सय २५ रन बनाउँदा ९ विकेट गुमाएको स्थितिमा इनिङ समाप्तिको घोषणा गरेको थियो ।
आर्मीका लागि बसिर अहमदले सर्वाधिक ६७ रन जोडेका थिए । उनले ९८ बलको सामना गर्दै ९ चौका प्रहार गरेका थिए । छैठौं विकेटका लागि बसिरले भीम सार्कीसँग मिलेर १ सय २ रनको साझेदारी गरेका थिए ।
भीमले ९३ बलमा ६ चौकाको सहयोगमा ५२ रन जोडेका थिए । ओपनर इमरान शेखले ७५ बलमा ४२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
मधेशका लागि रञ्जित कुमारले ५, प्रदिप पासवानले २ तथा कप्तान हरिशंकर शाह र अभिषेक तिवारीले समान १ विकेट लिएका थिए।
पहिलो र दोस्रो खेल बराबरी खेलेको आर्मी तेस्रो जितका साथ फाइनल पुगेको छ । अंक तालिकाको शीर्ष दुई टोली फाइनल पुग्नेछन्।
नेपाल पुलिस क्लब र बागमती प्रदेशबीचको नतिजापछि फाइनल पुग्ने दाेस्राे टोली टुंगो लाग्नेछ। पुलिस र बागमतीको खेल जनकपुरमा जारी छ। मधेशले २ खेलमा हार तथा १ मा बराबरी साथ तालिकाको पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ ।
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]