1 month ago
January 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीसँग टि ट्वान्टी आई सिरिज खेल्ने नेदरल्याण्ड्सको टोली घोषणा भएको छ ।
टियु क्रिकेट मैदानमा हुने त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजका लागि नेदरल्याण्ड्सको टोली घोषणा भएको हो । नेदरल्याण्ड्स क्रिकेट बोर्डले बेबेटी डि लिडेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।
सिरिज माघ १७ देखि २५ गते (जनवरी ३० देखि फेब्रुअरी ७) सम्म हुनेछ । सिरिजमा अर्को टोलीमा थाइल्याण्ड रहेको छ।
सिरिजको खेल तालिकामा अनुसार नेदरल्याण्ड्सको पहिलो खेल उद्घाटनकै दिन घरेलु टोली नेपालसँग रहेको छ ।
सिरिजमा सहभागी टोलीले एक अर्का ३ पटक खेल्नेछ। अंकतालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।
नेदरल्याण्ड्सको महिला टोली
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]